खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिक्किम प्रहरीले खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई पक्राउ गरेको छ।

सांप्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले शनिबार राईलाई पक्राउ गरेको भारतीय समाचार एजेन्सीहरुले जनाएको छन् । उनीहरुका अनुसार युट्युबर राईलाई सिक्किम पुलिसले शनिवार पक्राउ गरेको हो ।

सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले दायर गरेको एफआईआरको आधारमा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् ।

उमाले केही दिन अघि सामाजिक सञ्जालमा भिडिओ हाल्दै सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेको पिटिआईले समाचारमा उल्लेख गरेको छ।

राईलाई अदालतमा हाजिर गराएपछि प्रहरीले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति पाएको समेत इन्डिया टुडेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. गुड गरेछ, सिक्किम सरकारले…कथित् ‘राई !’वाला  ‘राई !’जातिवादी यी राईनीलाई अझ जनस्तरबाटै पो लखेट्नुपर्ने… 

रिलेटेड न्युज

छुटाउनुभयो कि ?