बोर्नमाउथविरुद्ध टोटनह्यामको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत बोर्नमाउथविरुद्ध टोटनह्यामले सहज जित हात पारेको छ । आइतबार राती सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा पापे माटर सार, सन हेंग मुन र रिचार्लिशनले गोल गरेका थिए । त्यसैगरी बोर्नमाउथका लागि एक गोल एलेक्स स्कटले गरेका थिए ।

खेलको नवौं मिनेटमा पापे सारले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा सन हियुङ मिनले गोल गर्दै अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि टोटनह्याम ३–० को सहज अवस्थामा रहेको थियो । बर्नमाउथका लागि ८४ औं मिनेटमा एलेक्स स्कटले गोल गरेका थिए ।

यस सिजनमा टोटनह्यामको १२औं जित हो । जितसँगै टोटनह्याम ३९ अंकका साथ तालिकाको पाँचौं स्थानमा यथावत छ । बर्नमाउथ भने १९ खेलमा २५ अंक सहित १२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?