आन्दोलनको अवज्ञा गरेको भन्दै सरकारी सवारी साधन नियन्त्रण

आन्दोलनरत युवाहरुले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएका सवारी साधानहरु ।

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । सुर्खेतमा जारी आन्दोलनको अवज्ञा गरेको भन्दै युवाहरुले ७० बढि सरकारी सवारी साधन नियन्त्रणमा लिएका छन् ।

काठमाडौंको बालकुमारीमा भएको घटनाको विरोध गर्दै सुर्खेतमा जारी आन्दोलनको अवसरमा सवारी चलाउँदा आन्दोलनरत युवाहरुले सवारी साधन नियन्त्रणा लिई प्रहरीको जिम्मा लगाएका हुन् ।

‘युवा विद्रोह’ जनसंघर्ष समितिले एरी चोक, इत्राम, मंगलगढी चोकलगाएत मुख्य स्थानमा जारी राखेको आन्दोलनका अवसरमा सरकारी सवारी चलाउँदा जानकारी हुदाँहुदै आन्दोलनको अवज्ञा गरेको भन्दै ७० वटा, मोटरसाइकल र ७ वटा चारपांग्रे गाडी नियन्त्रणमा लिएका छन् ।

नियन्त्रणमा लिइएका सवारी साधनहरु प्रदेश र जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा राखिएका छन् । यस्तै समितिले शुक्रबार सडक आन्दोलन र शनिकार वीरेन्द्रनगर बजारको यरीचोकबाट र्‍यालीसहित मंगलगढी पुगेर एक घण्टा सडक चक्काजाम गरेको थियो ।

संघीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’ले प्रदर्शन गरिरहेका छन् ।

ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन जारी छ । सडकमा उत्रिएरका पीडित पक्षले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरु राख्दै आएका छन् ।

सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगाएतका माग पीडित पक्षले राख्दै आएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?