ओएसिस सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक ओएसिस इङ्लिस स्कुल ‘ए’ दोस्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ । ढोलाहिटीस्थित घरेलु कोर्टमा ओएसिसले रातो बंगला ‘बी’ लाई १२-६, रेडिअन्ट रिडर्सलाई १४-८ र एलआरआईलाई १-४ ले पराजित गर्‍यो । क्वाटरफाइनलमा ओएसिस ‘ए’ को भेट नालन्दासँग हुनेछ । अन्य क्वाटरफाइनल मगस र विल्सन एकेडेमी ‘बी’, रेडिअन्ट पब्लिक र रेडिअन्ट रिडर्स तथा एरिस एकेडेमी र रातो बंगला ‘ए’ बीच हुनेछ ।

सिनियर गल्र्समा भने सेमिफाइनल समीकरण पूरा भएको छ । रातो बंगलाको ‘ए’ र ‘बी’ दुवै टिम सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । रातो बंगला ‘ए’ ले एनसिसिएसको सामना गर्नेछ भने रातो बंगला ‘बी’ ले राराहिलविरुद्ध खेल्नेछ ।

प्रतियोगिताको ओएसिसकी संस्थापक निर्देशक जानुका लिम्बूले निर्णायक विनोद महर्जनलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा सात टिम सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?