कालीकोट । सुरक्षित समाज निर्माणको परिकल्पनासहित समाज रूपान्तरणमा अघि बढेको प्लान इन्टरनेसनल नेपाल स्थानीय सरकारको सहयोगी बनेको छ । विकास साझेदार संस्थामार्फत देशका २६ वटा जिल्लामा परियोजनामार्फत काम गर्दै आइरहेको प्लान नेपाल स्थानीय सरकारको सहयोगी बनेको हो ।
प्लान इन्टरनेसनल नेपालको साझेदारीमा विभिन्न विकास साझेदार संस्थाले बालबालिकाको हक अधिकारको लागि सञ्चालन गरिएका परियोजना प्रभावकारी रूपमा अघि बढ्दै गइरहेका छन् । गएको बिहीबार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकासँगको समीक्षा तथा योजना बैठकमा सहभागीहरूले प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सम्पूर्ण कार्यक्रमहरू प्रभावकारी बन्दै गएको बताएका छन् ।
प्लान इन्टरनेसनल नेपालले कालीकोट जिल्लास्थित किर्डाक नेपाल, सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल), मानव अधिकार वातावरण तथा विकास केन्द्र (हुरेण्डेक नेपाल) र दलित महिला संघ फेडो नेपालमार्फत तीनवटा स्थानीय तहमा बाल विवाह न्यूनीकरण, छिटो हुने विवाह, जबरजस्ती विवाह रोकथाम, बालबालिकाको सपना परियोजना, प्रत्याभूत सञ्चार परियोजना, किशोेर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना, आयआर्जनसम्बन्धी परियोजना, लगायतका परियोजनामार्फत कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
परियोजनाले गरेका कामहरूको समीक्षा र अनुगमनका क्रममा सान्नीत्रिवेणी गाउँपालिकामा पुग्नुभएकी प्लान इन्टरनेश्नल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्लान इन्टरनेसनल नेपालले लिएको सुरक्षित समाज निर्माणको परिकल्पनालाई सफल पार्न स्थानीय सरकारको सहयोगीको भूमिका खेलेको बताउनुभयो ।
पालिकासँगको समीक्षा तथा योजना बैठक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले प्लान इन्टरनेसनल नेपालद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रमहरू प्रभावकारी भएको बताउँदै आगामी कार्यक्रमहरू भौगोलिक विकटता क्षेत्र, भूगोल र मानव सूचकांकका आधारमा अति कमजोर भएका विद्यालय तथा क्षेत्रहरू छनोट गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिनुभयो ।
महिनावारी स्वच्छता तथा ब्यवस्थापन तथा खानेपानी सरसफाई मैत्री बिद्यालय परियोजनाअन्तर्गत पञ्चदेवल माध्यमिक विद्यालय मेहलमुडीमा १९ लाखको लागतमा बन्दै गरेको तीन कोठे लैंगिकमैत्री, शौचालयको सरोकारवालाले अनुगमनसमेत गरेका छन् । पालिकासँगको समीक्षा कार्यक्रमपछि संस्थाले परियोजनामार्फत गरेका कामहरूको अनुगमन र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक पर्ने स्रोत र साधनको स्थानीय सरकार र विकास साझेदार संस्थाहरूले विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले स्थानीय सरकारपछिको विकास साझेदार संस्था प्लान इन्टरनेसनल नेपालले गरेका कामहरू जनमुखी भएको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, गणेश नेपाली, जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाही, प्रमुख प्रशासकीय अधिकृत नेत्रराज शाही, वडा अध्यक्षलगायत पत्रकार र अन्य सरोकारवाला निकाय व्यक्ति र विभिन्न संस्थामा कार्यरत कर्मचारीहरूले प्लान इन्टरनेसनल नेपालमार्फत गरेका कामहरूको बारेमा आ-आफना विचार राखेका थिए ।
प्लान इन्टरनेसनल नेपालले कालीकोट जिल्लामा गर्दै आएको कार्यक्रमको जिल्लामा परियोजन सल्लाहकार समितिको बैठकमार्फत समीक्षा गरेको छ । प्लान नेपालले विशेष गरी विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका बालबालिका लक्षित, लैंगिक रूपान्तरण तथा समावेशी शिक्षा, स्वास्थ्य, सरसफाइ, बालिका संरक्षण परियोजनाहरू सञ्चालन गर्दै आइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच