काठमाडौं । पर्यटन प्रबद्र्धक मिङ्मा शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ पाठकमाझ आएको छ । केही दिनअघि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले यो कृतिको काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा लेखक मिङ्मा शेर्पालाई बौद्धिक युवाहरूको समूहको तर्फबाट सम्मान गरिएको थियो ।
गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, संगीतकला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराई, गीतकार सत्यकला लामाले संयुक्त रूपमा लेखक मिङ्मा शेर्पालाई सम्मान गर्नुभएको थियो । शेर्पालाई पर्यटन क्षेत्रको प्रबद्र्धन, मानव सेवा, सामाजिक कार्य हुँदै देशको नामलाई विश्वसामु उच्च राख्न गर्नुभएको योगदान स्वरुप सम्मान अर्पण गरिएको थियो ।
लेखक मिङ्मा शेर्पाले आफू जन्मेको सोलुदेखि जापान, काठमाडौंसम्मको यात्रामा भोगेका दुःखका पानाहरू पल्टाउँदा एउटा दस्तावेज निर्माण भएको बताउनुभएको छ । खाली खुट्टा सोलुको हिउँमा खेलेका यादहरूदेखि हिमाल चढ्दा होस् या पापाको पदचाप पछ्याउँदै हिँडेका दिनहरू हुन् सबै स्मरणीय बनेको उहाँको भनाइ थियो । शेर्पाले यो पुस्तक निर्माण हुनुमा पहिलो श्रेय आफ्नी स्वर्गीय श्रीमतीको रहेको बताउँदै यहीँ कतै टेबलमा बसेर पेम्बा यांगजीले सुनिरहेकी छन् भन्दै भावुक बनाउनुभएको थियो । मेरा बाबाले गरेको दुःखको कथा, मैले भोगेको जिन्दगी, मेरा छोराहरूले भोगेको वर्तमान तथा नातिनातिनीहरूको भविष्यलाई जोड्ने र आफ्नो पूर्खाको इतिहासलाई सम्झाउने प्रयास गरेको बताउनुभयो ।
‘सगरमाथाको शेर्पा म’ पुस्तक निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले पुस्तक लेख्नलाई हौस्याउने जेनकवि कृष्ण प्रसाईं, गीतकार देवेन्द्र केसी र ऊर्जा दिइरहने जीवन संगिनी र परिवारप्रति नतमस्तक रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच