अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउनुपर्छ : उपमहासचिव गुरुङ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तीशाली बनाउन सरकारसँग माग गर्नुभएको छ ।

सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन तथा मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि अख्तियारजस्ता नियमक निकायलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्ने उहाँको तर्क थियो । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धि ऐन बनाउन पनि राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल पहल गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उपमहासचिव गुरुङले संविधानको मर्म र भावना अनुसार सीमासम्बन्धि कानून निर्माण गर्न सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अख्तियार, अख्तियार भनिएको छ । तर अख्तियारले लगाएको धेरै मुद्दाहरु चाहीँ फेल भइराखेको देखिन्छ । अख्तियार निश्चित २/३ वटा संस्थाहरुसँग चाहीँ अख्तियारले आफ्नो छानविन गर्न नपाउने व्यवस्था छ । किन त्यस्तो हुन्छ ? कुन–कुन संस्था मैले भनिराख्नु परेन । कित त अख्तियार अर्को शक्तिशाली चाहियो, कि त अख्तियार अझ शक्तिशाली बनाउनु प-यो । त्यो बनाउने कुरामा पनि हाम्रो भुमिका हुन्छ । यो मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने कुरामा यो संस्थालाई बलियो बनाउन आवश्यक छ । सीमा सम्बन्धि ऐन पनि छैन हाम्रो । नेश्नल सेक्युरिटीको कुरा पनि छैन हाम्रो । यस्तो स्थितिमा अहिलेको संविधानको मर्म र भावना अनुसार काम गर्नु सबै दलहरुको एकतावद्ध प्रयासमा मात्रै सम्भव छ । समितिले सोही अनुसार काम गर्नुपर्छ ।’

उपमहासचिव गुरुङले सबै दलहरुको एकतावद्ध प्रयासबाट मात्रै मुलुकको राज्य व्यवस्थालाई बलियो बनाउन सकिने पनि स्मरण गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?