✍️ बिजु सुवेदी विजय
यसपालि दसैँतिहारको छुट्टीमा काठमाडौँबाट सिन्धुपाल्चोक जिल्लाको तातोपानीमा आन्तरिक पर्यटनका लागि निस्कियौँ । यो मेरो पहिलो पश्चिम नेपालको भ्रमण हो । यात्रा अरनिको यातायातको सुपर गाडीबाट बिहानै सुरु भएको थियो । करिब चार घण्टामै चीनको सिमाना नेपालको कोदारीसम्म पु¥याएको थियो । फर्कँदा तातोपानीदेखि बोलेरो जिपबाट बाह्रबीसेसम्म तीन घण्टामा आयौँ भने त्यहाँबाट बाह्रबिसे काठमाडौँको लोकल गाडीबाट पाँच घण्टामा फर्कियौँ । यो हाम्रो यात्रा पूरै अरनिको राजमार्गमा पर्दछ ।
यस भ्रमणको प्रमुख आकर्षण तातोपानी नै थियो । त्यहाँ शरीरका सम्पूर्ण अवयवहरू प्राकृतिक रूपमै ताजगी बनाउन प्राकृतिक उपचार गराउने, हरेक किसिमका रोगहरू निको पार्ने विश्वासका साथ खनिज मिसिएको तातोपानीमा दुई दिनको बसाइमा दुई पटक नुहायौँ ।
सन् १९६० मा चीनको सहयोगमा बनेको यो ११२.८३ किमी (७०.११ माइल)को अरनिको राजमार्ग काठमाडौँ जिल्लाको त्रिपुरेश्वरबाट भक्ततपुर जिल्लाको सूर्यविनायकबाट, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल, पाँचखाल, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे हुँदै तातोपानी र चीनको सिमाना कोदारी गएर टुङ्गिन्छ । यो राजमार्ग बन्नुअगाडि कुनै पनि बाहिरी देशसँग सम्पर्क गर्नुअघि भारत सरकारको स्वीकृति लिनुपथ्र्यो नत्र नाकाबन्दीको सकस नेपालले निरीह भएर सहनुपथ्र्यो । भारतका अनेकौँ बाधाअड्चनबीच पनि धेरै सङ्घर्षपछि यो राजमार्ग बनेको थियो । यो राजमार्ग बनिसकेपछि चीनसँग नेपालको दौत्य सम्बन्ध अझ प्रगाढ हुँदै गयो । यो राजमार्ग हाम्रो असल मित्रराष्ट्र बनिसकेको चीनसँग जोड्ने पहिलो राजमार्ग हो जुन नेपाललाई चीनमा चिनाउने राष्ट्रिय विभूति अरनिकोको सम्मानमा नामकरण गरिएको हो ।
कोरोना महामारी भएर अहिलेसम्म चीनसँग नाकाबन्दी भएता पनि चीनतिरबाट पनि सिमानाबाट नेपालमा सामानहरू आइरहेका छन् तर सिन्धुपाल्चोक जिल्लाका नागरिकहरू मात्र चीन जान पाउँछन्, त्यो पनि चीनको सीमित सिमानाको सामान बिक्री गर्ने स्थानहरूसम्म मात्र । यसले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाहरूलाई व्यापार गर्न केही राहत भइरहेको छ । यसले पनि सिन्धुपाल्चोकवासीको जीवनस्तर माथि उठाउन योगदान पुर्याइरहेको छ ।
बसको यात्राका क्रममा बाटोमा पाँचखाल र धुलिखेलबाट उत्तरतिरका हिमशृङ्खलाहरू, त्यस्तै बाटाका मुनि पनि बादलका थुम्काथुम्कीहरू, चराचुरुङ्गीका चिरबिरचिरबिर साङ्गितिक आवाजसँग दूधजस्तै सेता चौबीसै घण्टा कलकल गर्ने भोटेकोशी नदी अनि छहराछाँगाहरू हेर्दै मनमोहति हुँदै दृश्यपान गर्दैै जाँदा हरेक ठाउँका मनमोहक हरियालीका प्रकृतिका सुन्दरतम दृश्यले एकदमै मनै लोभ्याएको थियो । यति धेरै आनन्दित हुँदै भेट भएका हरेक व्यक्तिसँग गफिँदै जाँदा के पनि थाहा पायौँ भने साँझबिहान यी हिमशृङ्खलाको नजरपान सुनौलो हुने भएकाले अमृतसरि हुने गर्दछ र अलौकिक आनन्दित तुल्याउँछ । काठमाडौँ पुरानो बसपार्कबाट बसको बाटोबाट १४० किमी तातोपानी ३ हजार ३०० मिटरको उचाइमा रहेछ ।
यस भ्रमणको प्रमुख आकर्षण त तातोपानी नै थियो । त्यहाँ शरीरका सम्पूर्ण अवयवहरू प्राकृतिक रूपमै ताजगी बनाउन प्राकृतिक उपचार गराउने, हरेक किसिमका रोगहरू निको पार्ने विश्वासका साथ खनिज मिसिएको तातोपानीमा दुई दिनको बसाइमा हामीले दुई पटक नुहायौँ । यो चिसो मौसममा पनि उम्लिएको पानीसरि पानी निकै तातो थियो ।
त्यसैले त्यो पानीलाई अलि चिसिन दिएपछि नुहाउँदा बल्ल थाम्न सकिने तातो भएपछि नुहाएका थियौँ । मधुमेह तथा उच्च रक्तचापका बिरामीले धेरै बेर नुहाउन नहुने रहेछ किनकि यसले स्वास्थ्यमा प्रतिकूल असर पार्दोरहेछ । त्यस्तै भोको पेटमा नुहाउँदा पनि बेहोस हुने रहेछ किनकि तातो पानीमा नुहाउँदा शरीरमा सञ्चित शक्ति खर्च हुँदो रहेछ ।
त्यहाँका स्थानीयका अनुसार स्याउको जुस खाएर नुहाउँदा राम्रो हुने सुझाव पाइयो । यहाँ तातोपानीले नुहाएर मर्केको, दुखेको आदि जीर्ण बाथ, दम रोग पनि निको भएको कुरा यहाँ तातोपानीमा नुहाएकाहरू बताइरहेका थिए । यसका लागि कति रोगीहरू त महिना दिनसम्म नुहाउने उद्देश्यका साथ आएको पनि पाएँ । यस तातोपानीमा नुहाउँदा चिसोले लाग्ने जस्तासुकै प्रकारका रोगहरू प्राकृतिक रूपमै निमिट्यान्न हुने कुरा पनि थाहा पाइयो ।
यो भ्रमण मनोरञ्जनमुखी नभई हाम्रो देशको यथास्थिति थाहा पाउन स्थलगत भ्रमण नै थियो । एउटा यस्तो समय पनि थियो जुन बेला म सानै थिएँ, त्यसबेला रेडियो नेपालमा समाचार सुन्दा दक्षिण कोरिया तथा स्वीट्जरल्यान्ड हामीभन्दा कम विकसित थिए तर ती दुई देशले चरमचुलीको विकास गरिसके । हामी भने टुलुटुलु हेरेर बसिरहनुपरेको छ । भुटान र सिक्किमले जति पनि हामीले प्रगति गर्न सकेनौँ । ती देशले विकासको फड्कोमा जान लिएको नीति हामीले अनुसरण गर्नैपर्छ ।
माओको समयअगाडि चीन हाम्रो अहिलेजस्तै हालत थियो । परिवारका अग्रज सदस्यहरू काममा जाँदा आफ्ना लालाबालाहरूलाई अफिम चक्की खुवाएर सुताएर जान्थे । माओसमेत चीनको यस्तो सामाजिक एवम् स्थानीय भौतिक पूर्वाधारको जर्जर अवस्थाबाट आजित थिए । हामी पनि स्वदेशलाई बेवास्ता गरी त्यसरी नै सुतिरहेको भान भइरहेको छ । आखिर माओले सबैलाई बिउँझाए, विकास नभएसम्म कसैलाई पनि चीनबाट बाहिरै जान दिएनन् । यस्तै दूरगामी नीतिहरूले गर्दा चीनले पनि द्रूततर विकास गर्न सफल भयो । अहिलेसम्म नेपाललाई बिउँझाउने तथा अभिभावकत्व दिएर उचित नेतृत्व दिने व्यक्ति हामीले पाउन सकेका छैनौँ । हामीलाई यसरी त्यतिकै बसिरहने बानी परिसक्यो । यो नेपालको हरेक अवस्थाले भनिरहेको छ । यो दारुण अवस्थाले हामी राष्ट्र भक्तहरूलाई गिज्याइरहेको छ । हामीलाई नामर्द बनाइरहेको छ ।
हजारौँ भीरपाखा झेल्दै, लाखौँ जोल्टिनहरू छिचोल्दै, पुरानै गाडी भएरै पनि गुरुजीहरूले क्वाइँक्वाइँ आवाज आउने गरी बे्रक लगाउँदै, आफ्नो भरपुर शक्ति लगाउँदै स्टेरिङले मोड्दैमोड्दै भास्सिने जस्तो भएका कति घुम्तीका बाटाहरू पार गर्दैगर्दै गन्तव्यमा पु¥याउनु धेरै नै आँटिलो काम थियो । उहाँहरूलाई जति धन्यवाद दिए पनि कम नै हुन्छ । शहरमुखी भएका हाम्रा विकास निर्माणकर्ता, उद्घाटन गर्ने, शिलान्यास गर्ने नेतृत्वगणहरूलाई मेरो अनुरोध छ कि हेलिकप्टरबाट उडेर होइन गुडेर एकपटक निरीक्षणमा गएमा मात्र वास्तविक नेपालको स्थिति थाहा पाइन्छ ।
वर्षाको मौसममा अत्यन्तै जोखिम हुने यी बाटाहरू यति साह्रो बिग्रेका छन् कि अलिकति यताउता भयो भने ठूलो दुर्घटना हुने जोखिम देखिन्छ । हाम्रो देशमा गाडी दुर्घटना हुनुको प्रमुख कारण बाटो नै हो । यस्तो दुर्दसा हटाउने योजना सम्बन्धित निकायले यथासक्य चाँडो ल्याउनु आवश्यक छ ।
वर्षाको मौसममा अत्यन्तै जोखिम हुने यी बाटाहरू यति साह्रो बिग्रेका छन् कि अलिकति यताउता भयो भने ठूलो दुर्घटना हुने जोखिम देखिन्छ । हाम्रो देशमा गाडी दुर्घटना हुनुको प्रमुख कारण बाटो नै हो । यस्तो दुर्दसा हटाउने योजना सम्बन्धित निकायले यथासक्य चाँडो ल्याउनु आवश्यक छ । यस्तो लाग्छ चीन सरकारको सहयोगमा १९६० मा बनिसकेपछि यो बाटोको कहिल्यै मर्मत भएको छैन । गोरेटो बाटोजस्तो भइसकेको यो अरनिको राजमार्ग सबै पिच गरी बनाउनु अपरिहार्य भइसकेको छ ।
राणातन्त्र हेरियो, राजतन्त्र हेरियो, संवैधानिक राजतन्त्र हेरियो, गणतन्त्र पनि हेरियो तर कुनै तन्त्रको पनि यसरी जर्जर भएको नेपाल बनाउने इच्छा व्यावहारिक रूपमा सावित भएन । अरनिको राजमार्गको यो अवस्थालाई देख्दा यी सबै तन्त्र असफल सावित भए । हाम्रो मुख्य समस्या भनेको शहरमुखी हुनु नै हो । यो शहरमुखीले कोरोनाको लकडाउनमा उत्पादनमूलक काम नभएका र विदेशमुखी भएर परनिर्भर भएकाले गर्दा हामीले धेरै दुःख पायौँ । भारतका एक एक सामानहरू हामीले सहजै पाउनु तर नेपालकै उत्पादन बजार नपाई खेर जानु यी सबै बाटाकै कारण हुन् ।
हामीले हिमाल, पहाड छिचोलेर बाटो बनाई दुर्गम ठाउँलाई सुगम बनाउन सक्नुपर्छ । हाम्रो नेपालमा फलेका अर्गानिक अनि विदेशका भन्दा अत्यन्तै पौष्टिक आलु, स्याउ आदि यही बाटाकै कारण नेपाली उपभोक्ता कहाँ पुग्न सकिरहेका छैनन् तर नेपालका भन्दा कम गुणस्तरका विदेशका स्याउ, आलु बजारमा सहजै पाइन्छन् । यसैलाई हामीले उपभोग गरिरहनुपरेको छ । यही हालत अन्य फलफूल तथा तरकारीको पनि छ । यी बाटाहरू देख्दा अबको दश वर्षमा पनि हाम्रो देश बन्ला जस्तो देखिँदैन ।
नेपाललाई द्रूततर विकास गर्न कुनै तन्त्र आवश्यक छैन । कांग्रेस, माओवादी, एमाले, स्वतन्त्र, राजतन्त्र, मधेसी दल आदि जे भने पनि मूल कुरा जसले हाम्रो देशलाई माथि उठाउँछ उसले यी सब तन्त्रभन्दा माथि गएर आपसी मनमुटावमा पहाडी, मधेसी, हिमाली आदि भेदभाव नगरी हामी नेपाली भनी कुनै पनि दलमा नलागी स्वदेशको विकासको एकमात्र लक्ष्यमा अगाडि बढ्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो । यो राजमार्ग एउटा उदाहरणमात्रै हो । अझै हाम्रो देशका अन्य राजमार्गका बाटाहरू अत्यन्तै विकट अनि नाजुक छन् । यसलाई सुधार नगरी देश विकास गर्छु भन्नु कोरा कल्पनामात्रै हो । त्यसैले देश विकासको निकट ल्याउन जति नेतृत्त्वगणको कर्तव्य तथा दायित्त्व हुन्छ नागरिकले पनि देशका लागि केही गरौँ अनि पलायन नहोऊँ भन्ने भावना हुनैपर्छ ।
हाम्रो नेपाल जहाँ जाँदा पनि कुना कन्दरासम्म पर्यटकीय रमणीयस्थल अनि प्राकृतिक छटाले भरिभराउ छ, त्यस्तै पाहुनालाई देवतासरि सत्कार गर्ने हामी नेपालीको चलनको उच्च संस्कृतिले यो पर्यटन उद्योग अझ धेरै फष्टाउन सक्दछ । हाम्रो देशको यस्तो बाटोको अवस्था देखेर धेरै चिन्तित भएका थियौं । फर्कँदा ती भेट भएका सबै आत्मीयजनलाई भेटेका हरेक क्रियाकलापहरू अनि प्रसङ्गहरू धेरै नै अविस्मरणीय भए । मैले बाचा गरेँ ‘फेरि फेरि यी पारिवारिक आत्मीयजनहरूलाई भेट्नेछु ! फेरि फेरि यी ! फेरि फेरि यी अविस्मरणीय रमणीयस्थलहरू घुम्न आउनेछु !’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच