मिर्गौला बेचबिखनमा संलग्न फरार व्यक्ति पक्राउ

रासस
Read Time = 1 min

काठमाडौं । मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका-१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरी दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार निज दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पीडितलाई निज दर्जीले भारतको कोलकातास्थित एक पसलमा राम्रो काम लगाइदिने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत पुर्याएपछि पीडितलाई झुक्याई अस्पताल लगेर बेहोस पारी मिर्गौला झिक्न लगाएका थिए ।

दर्जीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि सात दिन म्याद थप भएको प्रवक्ता कडायतले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?