पाल्पाको भैरवस्थानमा माछापुच्छ्रेको क्युआर सेवा

Read Time = 3 mins

पाल्पा । एसियाकै ठूलो त्रिशूल रहेको पाल्पाको ऐतिहासिक धार्मिकस्थल भैरवस्थान मन्दिरमा माछापुच्छ्रे बैंकले क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नगदरहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले भैरवनाथ मन्दिर व्यवस्थापन समितिको समन्वयमा मन्दिर परिसरमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले एक औपचारिक कार्यक्रमबीच मन्दिर व्यवस्थापन समितिलाई क्युआर कोड हस्तान्तरण गरेको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण केसी, पाल्पा शाखाका प्रमुख अमित भट्टमार्फत् रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पोखरेललाई क्युआर कोड हस्तान्तरण गर्नुभएको हो । सेवापछि उक्त मन्दिरमा आउने दर्शनार्थीले क्युआर कोडबाटै भेटी चढाउन सक्नेछन् । क्युआर कोड हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कार्कीले मन्दिरमा आउने दर्शनार्थीका लागि क्युआर कोडले महत्वपूर्ण टेवा पुुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मन्दिरको आर्थिक पक्षलाई समेत यस्तो सेवाले पारदर्शी बनाउने बताउनुुभयो ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण केसीले क्युआर कोड प्रयोगबाट नगद कारोबारको जोखिम न्यूनीकरण गरी सुरक्षितरूपमा डिजिटल बैंकिङ कारोबार गर्न मन्दिरमा आउनेलाई विशेष सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा वडाध्यक्ष सोमबहादुर कार्की, वडासदस्य राजेन्द्र नेपाल, मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष वीरेन्द्र मिदुनलगायतले क्युआर सेवाले आर्थिक पारदर्शिता र मन्दिरमा आउनेको सहज सेवाका लागि उपयोगी हुने बताउनुभएको थियो । बैंकको पाल्पा शाखाका वीरेन्द्र रावलले आफूहरूले भैरव मन्दिरमा पहिलेदेखि दै क्युआर सेवा सञ्चालनमा ल्याउने प्रयास गरे पनि अहिले आएर सफल भएको बताउनुुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?