एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । झापामा तीन जना किशोरीकाे एउटै रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

कचनकवल-५ पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया शर्मिला गणेश एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो ।

झापाको कचनकवल गाउँपालिका-५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको एउटा रुखमा तीन किशोरी झुन्डिएकाे अवस्थामा मृत भेटिएका हुन् ।

मृतक तीनै जना झुण्डिदा छुट्टाछुट्टै प्रकारको डोरी प्रयोग भएकाे छ । एउटीले नाइलनको डोरी, एउटीले गाई बाध्न प्रयोग गरिने दाम्लो र अर्कीले गम्छा प्रयोग गरेर झुण्डिएको अवस्थामा उनिहरुको शव भेटिएको थियाे ।

केचनकवल गाउँपालिका-५ का वडाध्यक्ष नुर आलमका अनुसार उनीहरु तीनै जना चिया बगानमा मजदुरी गर्थे । हिजोदेखि हराइरहेका उनीहरुलाई सोही चिया बगानमा मजदुरी गर्ने एक व्यक्तिले आज विहान झुण्डिरहेको अवस्थामा देखेका थिए । आफन्त, गाउँका अग्रजको रोहबरमा अहिले प्रहरीले उनीहरुको शव मुचुल्का उठाई पोष्टमार्टमका लागि भद्रपुर लगेको छ ।

घटना हत्या या आत्माहत्या हो भन्ने बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?