झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा

Read Time = 4 mins

-सरोज निरौला

उदयपुर । बैदेशिक रोजगार र पारिवारिक कलहकाकारण उदयपुरमा बर्षेनी सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । गत आर्थिक बर्षमा उदयपुर जिल्ला अदालतबाट ४५५ वटा मुद्दा सम्बन्ध विच्छेदको रहेको जनाएको छ ।

जिल्ला न्यायाधिश कृष्णप्रसाद सुवेदीकाअनुसार दर्ता भएका मुद्दा मध्ये ३३ प्रतिशत सम्बन्ध विच्छेद  रहेका छन् । आ.व. ०७९/०८० मा १ हजार ३९२ वटा नँया मुद्दा दर्ता र र अघिल्लो आ.व.बाट ६४२ वटा जिम्वेवारी सरी २ हजार ३४ वटा मुद्दा रहेको उहाँले बताउनुभयाे ।

दर्ता भएका मध्ये १ हजार २३६ अर्थात ६० दशमलव २७ प्रतिशत फर्छ्यौट भएको र ८०८ मुद्दा जिम्वेवारी सरेको उहाँले बताउउनुभयाे ।

तथ्यांक अनुसार देवानी १ हजार ३०१, सरकारवादी फौजदारी ४१९, दुनियाँबादी फौजदारी २७०, रिट २१ र पुनरावेदन २३ मुद्दा दर्ता रहेको छ । त्यसमध्ये सम्बन्धविच्छेद ४५५, जवरजस्ति करणी ६०, लागुऔषध ६०, वहुविवाह र वालविवाह १६, घरेलुहिंसा १६ र मानव वेचविखन ४ रहेका छन् । दर्ता भएका मध्ये सम्बन्धविच्छेदका ३३६ वटा फर्छ्यौट भएको र ११९ वटा जिम्वेवारी सारिएको न्यायाधिश सुवेदीले बताउनुभयाे ।

त्यसैगरी थुनुवा मुद्दा संख्या ९१, थुनुवा संख्या ११२, बाल इजलासबाट सुनवाई हुने मुद्दा ५६, जिम्मेवारी सरेका ६४२, नयाँ दर्ता भएका मुद्दाको फर्छ्याैट ७१५, एक बर्ष भित्रका मुद्दा ६७७, अठार महिना भित्रका मुद्दा ८४, अठार महिना नाघेका मुद्दा ४४, दुई बर्ष नाघेका मुद्दा ३ रहेको जनाइएको छ ।

सूचना अधिकारी बुद्धराज निरौलाले अदालतको बार्षिक लक्ष्यको कार्ययोजना अनुसार तीन वटा मुद्दा बढि दर्ता भएको र ९४ घटी फर्छ्यौट भएको बताउनुभयाे । तीन जना न्यायाधिश दरबन्दी रहेको अदालतमा सबैभन्दा बढि मुद्दा न्यायाधिश कृष्णप्रसाद सुबेदीको इजलासबाट ६० दशमलव २७ प्रतिशत फैसला भएको उहाँले बताउनुभयाे ।

त्यस्तै मेलमिलापमा आदेश भएका ३६८ मुद्दा मध्ये ८० वटा मेलमिलाप भएको, निवेदनतर्फ ३२५ रहेकोमा २२० कार्यान्वय गरिएको उहाँले बताउनुभयाे । फैसला कार्यान्वयनतर्फ कैद र जरिवानाको लगत फर्छ्याैट हालसम्म जरिवानातर्फ २१ करोड ७३ लाख २८ हजार ६४० रहेकोमा ३ करोड ७२ लाख ३८ हजार ६३१ रुपैँया अर्थात १७ दशमलव १३ प्रतिशत असुल गरिएको तहसिलदार देवराज भट्टराईले बताउनुभयाे ।

त्यस्तै कैदतर्फ हालसम्म २ हजार ७६१ बर्ष ११ महिना २७ दिन रहेकोमा ६२० बर्ष ५ बर्ष १७ दिन अर्थात २२ दशमलव ४५ प्रतिशत कैद भुक्तान भएको उहाँले बताउनुभयाे । त्यस्तै कैद जरिवाना लागेका ४ हजार ८५३ जना व्यक्तिमध्ये ३०६ जनाले भुक्तान गरिसकेको उहाँले बतानुभयाे ।

क्षतिपुर्तीतर्फ १ करोड ३७ लाख १४ हजार ८२५ रुपैँयामध्ये ५ लाख २४ हजार ५० रुपैँया भराएको बताउनुभयाे । ‘फैसला कार्यान्वयनका लागि प्रहरीसँग समन्वय गरी अघि बढ्नु पर्ने हुन्छ, तहसिलदार भट्टराईले भन्नुभयाे, ‘अदालतका लागि छुट्टै प्रहरी छैन्, त्यहीँ जनशक्तिबाट काम गर्नु पर्ने भएकाले सबै परिस्थिति मिलाउँदा फर्छ्यौट प्रतिशत घटेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?