कालीकोट । कालीकोट जिल्लाका तीन स्थानीय तहका एक हजार एक सय विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो । विद्यालयमा पढ्न सहज होस् भनेर बालबालिकालाई शैक्षिक सहयोग गरिएको हो । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले रास्कोट नगरपालिका, शान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाभित्रका अति विपन्न परिवारका बालबालिकालाई विद्यालय जान प्रेरित गर्न सहयोग गरेको हो ।
किर्डाक नेपालका कार्यकारी निर्देशक गोबिन्दबहादुर शाहीले प्लान नेपालसँगको साझोदारीमा विद्यालय पढ्ने बालबालिकालाई पटकपटक सहयोग गर्दै आएको बताउनुभयो । कार्यकारी निर्देशक शाहीले कालीकोटमा विद्यालयका भवन, खानेपानी र शौचालयमा पनि सहयोग भइरहेको जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्ययनरत तीन वटा स्थानीय तहका एक हजार १२० जनालाई कापी, कलमलगायतका शैक्षिक सामग्री दिइएको छ । बाल व्यवस्थापन सञ्चार व्यवस्थापन कार्यक्रमका परियोजना अधिकृत पदमबहादुर बिष्टले वडा पालिकाले सिफारिस गरेका बालबालिकालाई सहयोग गरिएको बताउनुभयो ।
शिक्षा शाखाले वडापालिकालाई जानकारी गराउने र वडाले जोखिम बालबालिकाको पहिचान गरेर सिफारिस गरेपछि वितरण गर्ने गरेको अधिकृत विष्टको भनाइ छ । नरहरिनाथ गाउँपालिका–९ का वडा अध्यक्ष प्रदीप बोहोराले शैक्षिक सामग्रीको अभावले विद्यालय जान नसक्ने बालबालिकालाई यो सहयोगले राहत पुगेको बताउनुभयो । अध्यक्ष बोहोराले अब शैक्षिक सामग्रीको अभावले हाम्रा बालबालिका विद्यालय गएनन् भनेर भन्ने ठाउँ नरहने पनि बताउनुभयो । सहयोगी निकायले गरेको सहयोगले गाउँपालिकालाई धेरै आर्थिक भार कम हुँदै गएको गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका अध्यक्ष बोहोराको विश्वास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच