चित्रकारहरुद्वारा बिआइए इन्ष्टिच्युटमा ह्विलचियर वितरण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल हस्तकला महासंघ वाणिज्य परिषदको सहकार्यमा विभिन्न देशका चित्रकला सम्बन्धी कलाकारहरुले जोरपाटीको बिआइए इन्ष्टिच्युटमा ह्विलचियर वितरण गर्नुभएको छ ।

स्लोभाकिया, अमेरिका र आयरल्याण्डका कलाकारहरुले जोरपाटीमा आयोजित एक कार्यक्रमका बीच ह्विलचियर वितरण गर्नुभएको हो। नेपालबाट हस्तकलाका सामानहरु आफ्नो देशमा आयात गरेर विक्री वितरण समेत गर्दै आएका कलाकारहरुले हस्तकलाका क्षेत्रमा काम गर्ने अपांगता भएका व्यक्तिहरुलाई सहयोग होस् भन्ने उद्देश्यले ह्विलचियर वितरण गरेको बताउनु भयो ।

अमेरिकाकी जोन फुलर्टन, स्लोभाकियाकी जुजाना हानाकोभा, अमेरिकाकी मारिय तेलोर , आयरल्याण्डका एलेक्स मरिसस र आयरल्याण्डकै लोरा मर्फीले जोरपाटीको बिआइएमा रहेका हस्तकला सम्बन्धि काम गर्ने अपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गर्नुभएको हो । ह्विलचियर वितरण कार्यक्रममा बिआइएका कलाकारहरुसँग अन्तरकृया समेत गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बिआइएका कलाकारहरुले हस्तकला उत्पादनको बजारीकरण समस्याका विषयमा विदेशी कलाकारहरुसँग जिज्ञासा राखेका थिए । बजारीकरण तथा अन्य विषयमा सहकार्यका लागि आफूहरुले प्रयास गर्ने उहाँहरुको भनाई थियो ।

कार्यक्रममा वाणिज्य परिषदका सभापति तथा हस्तकला महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले नेपाली कलाकारलाई प्रोत्साहन गर्दै ह्विलचियर वितरण गरेकोमा विदेशी कलाकारको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । विदेशबाट आउँदा हिवलचियर ल्याउने परम्परा विकास गर्न सके अपांगता भएका धेरै व्यक्तिहरु लाभान्वित हुने उहाँको भनाई थियो । विदेशका विभिन्न ठाउँमा रहेका आफ्ना ग्राहकहरुलाई आफूले ह्विलचियरका लागि आग्रह गर्ने बताउँदै उहाँले पहुँचमा रहेका अन्य व्यक्तिहरुलाई पनि त्यस्तै प्रस्तावका लागि आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?