
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चम्बर अफ कमर्श (आइसीसी)बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुईवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशी तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो ।
सिएनआईद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सिएनआई अध्यक्ष राजेशकुमार अग्रवाल र आइसीसीका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गर्नुभएको हो । साझेदारीले दुई देशबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लाटफर्म प्रदान गर्ने बताइएको छ । साथै दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुने पनि सिएनआइले जनाएको छ ।
सो अवसरमा सिएनआई अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको अवसर रहेको जानकारी गराउँदैै नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य, शिक्षा र चियालगायत क्षेत्रमा भएको लगानीको अवसरबारे चर्चा गर्नुभयो । आइसीसीका अध्यक्ष प्रभुले दुई देशबीचको सम्बन्धलाई महत्व दिँदै दुवै देशले संयुक्त उद्यम र साझेदारीका हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उहाँको भनाइ थियो । सिएनआई उपाध्यक्ष निर्वाण चौधरीले क्षेत्रीय व्यावसायिक विकासमा युएसीले एशियन राष्ट्रबीच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उपाध्यक्ष अमित मोरले दुई देशबीचको आर्थिक सम्बन्ध, सुदृढ र क्षेत्रीय सहयोगलाई प्रबद्र्धनका सहकार्य सहयोगी हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच