कैलाली । । सुदूरपश्चिमको प्रदेश सभाका चार वटा विषयगत समितिका सभापति पदमा चार जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसका दिवानसिंह विष्टको विधायन तथा प्रदेश मामिला समितिमा उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र नेकपा (एकीकृत समाजवादी) की माया पन्तको सामाजिक विकास समितिमा उम्मेदवारी दर्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिको सभापति वीरबहादुर थापालाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनका दलहरू बिच सोमबार साँझ भएको सहमति अनुसार मंगलवार दलहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।
मंगलबार मनोनयनको समय ५ बजे सम्म तोकिएको थियो । निर्धारित समय सम्म चार वटा समितिमा चार जनाको मात्रै उम्मेदवारी दर्ता भएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।
बुधबार सभापतिको उम्मेदवार माथि दाबी विरोध, सभापति उम्मेदवारको अन्तिम नामावली प्रकाश र सभापति निर्वाचनको लागि बैठक प्रारम्भ गर्दै निर्वाचन परिणाम घोषणा गर्ने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच