काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी पाँच वर्षभित्र पाँच वर्ष र सो भन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्यअघि सारेको छ । १६औं योजनामा शिक्षा र स्वास्थ्य क्षेत्रबारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदामा उक्त विषय उल्लेख गरेको छ । हाल पाँच वर्ष र सो भन्दामाथिको साक्षरतादर अहिले ७६.२ प्रतिशत मात्रै छ । १६औं योजना अवधि अर्थात् आर्थिक वर्ष २०८५-०८६ सम्र्म शतप्रतिशत पुर्याउने आयोगले लक्ष्य लिएको हो । त्यसैगरी १६औं योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्यसमेत अघि सारेको छ ।
हाल शहरी विद्यालयमा शिक्षण सिकाइमा इन्टरनेट पहुँच पुगे पनि अधिकांश विद्यालयमा शिक्षण सिकाइका लागि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यस्तोदर हाल ३५.९ प्रतिशत रहेकोमा पाँच वर्षमा शतप्रतिशत पुर्याउने आयोगले लक्ष्य निर्धारण गरेको हो ।
तर पनि मस्यौदामा समेटिएको विषय फाइनल हुन बाँकिरहेको आयोगका सदस्य डा.रमेशचन्द्र पौडेलले बताउनुभयो । पौडेलका अनुसार छलफल अन्तिम चरणमा पुगेको छ । सुझाबसमेत समेटेर आयोगले अन्तिम रूप दिनेछ ।
शिक्षा क्षेत्रको कुल बजेट १७ प्रतिशत
शिक्षा क्षेत्रमा हाल सरकारले कुल बजेटको १०.९५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी पाँच वर्षमा आयोगले शिक्षा क्षेत्रको बजेट बढाएर १७ प्रतिशत बनाउने लक्ष्य लिएको छ । १६औं योजनाको मस्यौदामा उल्लेख भए अनुसार हाल प्रारम्भिक बालविकास र शिक्षाको अनुभवसहित कक्षा एकमा भर्ना हुने बालबालिकाको संख्या ७६.९ प्रतिशत रहेको छ । यसलाई बढाएर शतप्रतिशत पुर्याइनेछ ।
त्यसैगरी आधारभूत तह कक्षा १-८ मा पूरा गर्ने दर ७७.१ प्रतिशत रहेकोमा ९१, माध्यमिक तहको कक्षा १२ सम्म पुग्नेदर ३५.६ रहेकोमा ५० र उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ रहेकोमा बढाएर ३० प्रतिशत पुर्याउने १६औं योजनाको मस्यौदामा उल्लेख छ ।
सबै नागरिकको स्वास्थ्य बीमा
आयोगका स्वास्थ्य हेर्ने सदस्य डा.आरपी विच्छाको अध्यक्षतामा सोमबार र मंगलबार छलफल भएको थियो । छलफलमा प्रस्तुत मस्यौदा अनुसार पाँच वर्षे आवधिक योजनाभित्र गम्भीर प्रकृतिका रोगको विश्वसनीय विशिष्ट स्वास्थ्योपचार स्वदेशमै हुनसक्ने गरी स्वास्थ्य प्रणाली सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ । सबै नागरिकमा स्वास्थ्य बीमा पु¥याउने लक्ष्यसहित आयोगले स्वास्थ्य सेवा सर्वव्यापी, पहुँचयुक्त र समतामूलक बनाउने लक्ष्य राखेको आयोगका सदस्य डा.विच्छाले बताउनुययो । विच्छाका अनुसार १६औं योजनामा विद्यमान स्वास्थ्य बीमा कार्यक्रमको समग्र पुनरावलोकन गरी समयानुकूल संसोधन एवं परिमार्जन गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने लक्ष्य सरकारले लिने भएको छ । विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवासमेत स्वास्थ्य बीमामा समेट्ने लक्ष्य छ ।
त्यस्तै जिल्लास्तरका अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवा उपलब्ध गराउने र सबै प्रदेशमा प्रेषण अस्पताल निर्माणको लक्ष्य रहेको छ । मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा आगामी पाँच वर्षभित्र ८५ पुर्याउने १६औं योजनाको लक्ष्य छ । आधार वर्ष २०७९/०८० मा मातृ मृत्युदर एक सय ५१ रहेको छ । सडक दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या प्रतिएक लाखलाई ६.२ मा झार्ने लक्ष्य छ । हाल यो आंकडा ९.५ रहेको छ ।
आगामी पाँच वर्षमा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पुर्याउने लक्ष्य छ । हाल ८० प्रतिशत रहेको छ । हाल स्वास्थ्य बीमा कार्यक्रममा नवीकरणदर ३९ प्रतिशत रहेकोमा पाँच वर्षभित्र ९० प्रतिशत लैजाने लक्ष्य छ । ३० मिनेट दूरीमा स्वास्थ्य संस्था भएका घरधुरी ७७ रहेकोमा बढाएर ८६ पुर्याउने १६औं योजनाको लक्ष्य छ । पाँच वर्षमुनिका बालबालिकामध्ये जन्मदर्ता गरिएका बालबालिका शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य छ । अहिले यो ६३ प्रतिशतमात्र छ ।
आयोगले आगामी माघभित्र १६औं योजनालाई अन्तिम रूप दिनेगरी तयारी तीव्र बनाएको छ । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार सातै प्रदेशमा पुगेर प्रदेश सरकार र स्थानीयतह समेतको सुझाब समेटिएको छ । यसबाहेक निजीक्षेत्रसहित सबै क्षेत्रका विषय विज्ञ पनि सुझाब लिएर योजनाको काम भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच