सन्दीप लामिछानेबाट पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  । सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज ८ वर्ष कैद सजाय तोकेको हो ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

साथै जिल्ला अदालत काठमाडौंले पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।

यसअघि जिल्लाले पीडितलाई बालिग ठहर गरेको थियो। गौशाला २६ लाई परेको मानसिक असरलाईसमेत ख्याल गर्दै २ लाख क्षतिपूर्ति भराउने जिल्लाको फैसलामा भनिएको छ।

गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढकालको इजलासले फैसला गर्दै सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो । गौशला २६ को माग बमोजिम उनको उमेर नाबालिग भने नरहेको अदालतले फैसलामा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?