काठमाडौं । नेपालमा सबैभन्दा सस्तो इन्टरनेट सेवा प्रदानगर्ने डिशहोम फाइबर नेट रहेको एक अध्ययनले देखाएको छ । नेपालमा इन्टरनेट सेवा प्रदायक (आइएसपिएस)को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिसहोम अगाडि देखिएको हो ।
डिसहोमले सबैभन्दा कम शुल्कमा दुई सय एमबिपिएसको उच्च स्पिडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको जनाएको छ । इन्टरनेट प्रदायक कम्पनीहरूको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको थियो । नेपालमा सबैभन्दा छिटो र प्रतिस्पर्धीको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निष्कर्ष छ ।
तुलनात्मक अध्ययनले विभिन्न इन्टरनेट सेवा प्रदायकमध्ये दुई सय एमबिपिएस इन्टरनेट प्याकेजमा डिसहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखाएको हो । नयाँ जडान गर्ने ग्राहकका लागि डिसहोम फाइबरनेटले सदस्यता शुल्कमा ११ हजार १५ रुपैयाँको प्याकेज प्रदान गर्नेछ ।
डिशहोम फाइबरनेटले सस्तो र पहुँचयोग्य उच्च स्पीड इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धता अनुसार सेटअप शुल्क जम्मा पाँच सय रुपैयाँमात्र तोकेको छ । वर्षभरी ग्राहकले ११ हजार एक सय २१ रुपैयाँमा दु्ई सय एमबिपिएसको इन्टरनेट सुविधा लिन सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच