लेबनान–इजरायल सीमामा तनाव बढ्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हिजबुल्लाह र इजरायलले लेबनान र उत्तरी इजरायल बीचको सीमावर्ती क्षेत्रमा फायर आक्रमण झनै तिब्र भएको छ ।

इजरायली पक्षले लेबनानको दक्षिणी गाउँ टायर हार्फा, हौला र यारिनलाई निशाना बनाएर आक्रमण गर्दै गएको हो ।

यसैबीच हिजबुल्लाहले आफ्ना लडाकुहरूले कब्जा गरेको शेबा फार्ममा रहेको रुवाइसात अल–आलम साइट, उत्तरी इजरायलको श्तुला क्षेत्र र जल–अल–आलमको अर्को इजरायली साइटमा आक्रमण गरेको बताएको छ ।

हिजबुल्लाहले लेबनानको दक्षिणी गाउँ खिरबेट सेल्ममा इजरायली ड्रोन आक्रमणमा एक उच्च–स्तरीय कमाण्डर र सैन्य समूहका अर्का सदस्य मारिएका बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?