काठमाडौं । नेपाल हृयाचरी उद्योग संघको १७औँ साधारणसभाबाट अध्यक्षमा लक्ष्मीदास मानन्धर निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामिछाने तथा प्रथम उपाध्यक्ष डा. बलराम किसी र द्वितीय उपाध्यक्षमा बलराम सञ्जेल निर्विरोध निर्वाचित भएका छन् ।
महासचिव ज्ञानबहादुर विसुराल, कोषाध्यक्ष नवराज पौडेल तथा सचिवमा विवेक भट्ट रहेका छन् भने सदस्यमा विष्णुप्रसाद रिमाल, बोधराम निरौला, गोविन्द खड्का, परशुराम अधिकारी, धातनन्द कँडेल, मनिराज नौनियाल, कपिलबाबु खनाल, मोहम्मद रिजवान अहमद, नारायण गिरी र युवराज अधिकारी रहेका छन् ।
काठमाडौंमा भएको साधारणसभामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले निर्वाचित पदाधिकारीलाई शुभकामना दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच