सूर्य मकरदेखि मिथुन राशिसम्म रहेको समय अथवा माघदेखि असारसम्मको समयलाई उत्तरायण भनिन्छ । अयन भनेको बाटो हो । सूर्य हिजोको तुलनामा आज उत्तरतर्फ सर्नु उत्तरायण हुनु हो । सूर्य पूर्वापर घुम्नुका साथै याम्योतर पनि दोलायमान भइरहन्छन् । आजको तुलनामा भोलि केही उत्तरतर्फ सरेर उदाउनु उत्तरायण हुनु हो भने आजको तुलनामा भोलि दक्षिणतर्फ सरेर उदाउनु दक्षिणायन हुनु हो । सामान्यतः सूर्य दिनमा एक अंश हिँड्छन् र वर्ष दिनमा ३६० अंशपार गर्दछन् । सूर्यले ३० अंशपार गरेपछि एक महिना हुन्छ ।
यस्तै सूर्य धनु राशिबाट मकरमा प्रवेश गरपछि उत्तरायणको आरम्भ हुन्छ । पौरस्त्य मान्यता अनुसार पृथ्वी स्थिर छ र आकाशका ग्रहहरू चलायमान छन् । ग्रहभन्दा माथि नक्षत्र कक्षा रहेको छ । पृथ्वीदेखिमाथि नक्षत्र कक्षासम्मको भागलाई भचक्र भनिन्छ । प्रवह नामक वायुले यो भचक्रलाई दिनमा एक फन्को पश्चिमाभिमुखी भएर घुमाउने भएकाले दैनिक सूर्योदय र सूर्यास्त हुने गर्दछन् ।
मूलतः सांसरका हरेक परमाणुमा गति छ । यसैले पृथ्वीमा पनि गति हुन्छ । ग्रह गणित गर्न कुनै एक वस्तुलाई स्थिर मानी अर्को चल वस्तुको गणना गर्न सकिन्छ । दुवै हिँडेको गणना गर्न नसकिने भएकाले पौरस्त्य मान्यतामा पृथ्वीलाई स्थिर मानिएको हो । यसै गरी पृथ्वीवासी नै ग्राहक हुन् । शुभाशुभ फल पनि पृथ्वीवासीलाई नै पर्ने र चाहिने भएकाले पनि पौरस्त्य गणना पद्धति भूकेन्द्रिक छ । किनकि पृथ्वीवासीलाई वर्षा वृष्टि आदि हरेक विषयवस्तुको ज्ञान आवश्यक हुन्छ । अन्तरिक्षको गणनामा सूर्यकेन्द्री गणना उपयुक्त हुन्छ । आजको आधुनिक विज्ञानले पनि मौसम आदि पृथ्वीका हरेक वियावस्तु अध्ययनार्थ पृथ्वीकेन्द्री नै गणना गर्ने गर्दछन् ।
आधार जेलाई लिए पनि परिणम एउटै आउने गर्दछ । घडीको डायल घुमाउने हो भने सुईलाई स्थिर राख्नुपर्छ तब मात्र समय गणना गर्न सकिन्छ । सुईलाई घुमाउने हो भने डायल वा आधार भागलाई स्थिर राख्नुपर्दछ । यस्तै सिद्धान्तमा नै ज्योतिषीय गणना भूकेन्द्री अवधारणामा केन्द्रित छ । यसैले ज्योतिषशास्त्र अनुसार सूर्यले पृथ्वीलाई घुम्छन् भन्ने मान्यता रहन्छ ।
सूर्य निरन्तर उत्तर र दक्षिणी गोलतर्फ सरिरहन्छन् । जसलाई अयन चलन भनिन्छ । सूर्यसिद्धान्तमा सूर्य निरयण बिन्दुबाट २७ अंशपूर्वापर सर्ने कुरा बताइएको छ । हाल अयनांश २४ अंश पछि सरेको अवस्था छ ।
उत्तरायामा जानु भनेको दिनानुदिन उत्तरतर्फ सरेर सूर्य उदाउनु हो । हाम्रा महिनाको निर्धारण सूर्यको गतिका आधारमा गरिएको छ । सूर्यको मकर राशिको भोग सकिँदा २७१ देखि ३०० अंश (डिग्री) सम्मको दूरी पार हुने गर्दछ । मकर राशिमा सूर्य भएको महिना माघ हुन्छ । ‘कर्कटादिस्थिते भानौ दक्षिणायनमुच्यते ।
उत्तरायणमप्युक्तं मकरस्थे दिवाकरे’ (विष्णुपुराण) भनी विष्णुपुराणमा बताइएको छ । उत्तरायण देवताको दिन र दक्षिणायन देवताको रात्रि हुन्छ भने एक संवत्सर अहोरात्र हुन्छ भनीबताइएको छ : ‘यदुत्तरायणं तदहर्देवानाम् दक्षिणायनं रात्रिः संवत्सरोद्रहोरात्रः’ (विष्णुधर्मोत्तरपुराण) सूर्यको उत्तरदिशातर्फ लाग्ने समय नै उत्तरायण हो भनी सूर्यसिद्धान्तमा बताइएको छ :
‘भानोर्मकरसंक्रान्तेः षण्मासा उत्तरायणम् ।
कक्र्कादेस्तु तथैव स्यात् षण्मासा दक्षिणायनम् ।।’ (मानाध्यायः, श्लो ९)
अर्थात् मकर सङ्क्रान्तिबाट छ महिना सूर्यको उत्तरायण हुन्छ । स्मृतिग्रन्थमा पनि ‘देवानां दिनम्’ भनी उत्तरायणलाई बताइएको छ । यसरी हेर्दा देव पक्षको बल वृद्धि हुने समय उत्तरायण हो भन्न सकिन्छ ।
यसै गरी गीतामा पनि उत्तराणमा देहान्त्य हुनेले उत्तम गति प्राप्त गर्दछन् भनी बताइएको छ : ‘अग्निज्र्योतिरहःशुक्लः षण्मासा उत्तरायणम् । तत्रप्रयाता गच्छन्ति ब्रहृमब्रहृमविदो जनाः ।।' (गीता, ८।२४) अर्थात् ज्योतिर्मय अग्नि, दिन, शुक्लपक्ष, उत्तरायणका छमहिनामा मृत्यु भएका ब्रहृमवेत्ता योगीहरू ब्रहृममा प्राप्त हुन्छन् । शिशिर, वसन्त र ग्रीष्म ऋतु उत्तरायणमा हुन्छन् भनी हारीतमा बताइएको छ : ‘शिशिरश्चवसन्तोद्रपिग्रीष्मः स्यादुत्तरायणे’ । (हारीत) यसरी हेर्दा तीन ऋतुको समय, देवताको दिन, छ महिनाको समय सूर्य मकरदेखि मिथुनसम्म रहँदाको समय उत्तरायणको हो ।
उत्तरायण हरेक कार्यका निम्ति शुभ मानिन्छ । खगोललाई (आकाशलाई) उत्तरी र दक्षिणी दुई भागमा विभक्त गरिएको छ । खगोलको उत्तरी भागमा देवताको निवास बताइएको छ भने दक्षिणी गोलमा दैत्यको निवास रहने गर्दछ । अर्थात् भनौँ हाम्रो एक वर्ष बराबर देवताको एक दिनरात (अहोरात्र) हुने गर्दछ । सूर्य उत्तरायणमा हुँदा देवताको दिन र दक्षिणायनमा हुँदारात हुन्छ । देवताको दिन भनेको हाम्रो उत्तरायणको समय हो । यस बेला गरिएका धार्मिक कर्मले देवता खुशी भई वरदान दिने कुरा पुराण एवं धर्मशास्त्रमा उल्लेख पाइन्छ । उत्तरायणमा गरिएका कार्यले देवता खुशी हुने भएकाले यो समयलाई उत्तम मानिएको हो । उत्तरायण मनुष्यका निम्ति शुभ समय हो ।
दान कुन समयमा गर्नु लाभदायी हुन्छ भन्ने सम्बन्धी निर्णय मुहूत्र्त शास्त्रमा यसरी बताइएको छः ‘याम्यायने विष्णुपदे चाद्यामध्यास्तुलाजयोः । षडशीत्यानने सौम्ये परा नाड्योद्रतिपुण्यदा ।।’ (मुहूत्र्तचिन्तामणि, ३।८) अर्थात् दक्षिणयन लाग्नुपूर्वको समय र उत्तरायण लागेपछिको समयलाई पुण्यकाल बताइएको छ । यस्तो समयमा गरिएका दानको अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । उत्तरायणपछि नै विवाह एवं व्रतबन्धका लगनहरू पनि पर्नेगर्दछन् । मंसिरमा विवाहका लगन दिने कुरा शास्त्रमा त्यति गहन रूपमा बताएको पाइँदैन । हरेक शुभ कार्य उत्तरायणमा शुभ रहने कुरा मुहूत्र्तशास्त्रमा बताइएको छ । चूडोपनयन, अक्षरारम्भ, वेदारम्भ, समावर्तन आदि अधिकतम काम्य शुभकर्मको साइत उत्तरायणमा नै गर्न बताइएको छ ।
राज्याभिषेक पनि उत्तरायणमै गर्न निर्देश पाइन्छ : ‘राजाभिषेकः शुभउत्तरायणे गुर्विन्दुशुक्रैरुदितैर्बलान्वितैः ।’ (मुहूत्र्तचिन्तामणि, राजाभिषेकप्रकरण, श्लो १) गृहप्रवेश पनि उत्तरायणमा शुभ हुन्छ : ‘सौम्यायने ज्येष्ठतपोद्रन्त्यमाधवे यात्रानिवृत्तौ नृपतेर्नवेगृहे । स्याद्वेशनं द्वाःस्थमृदुध्रुवोडुभिर्जन्मक्र्षलग्नोपचयोदये स्थिरे ।।’ (मुहूत्र्तचिन्तामणि, गृहप्रवेशप्रकरण, श्लो.१) । जलाशयादिखन्न, देवताको प्राण प्रतिष्ठा गर्न उत्तरायणमा शुभ रहन्छ : ‘जलाशयारामसुरप्रतिष्ठा सौम्यायने जीवशशाङ्कशुक्रे । दृश्ये मृदुक्षिप्रचरध्रुवे स्यात् पक्षे सिते स्वक्र्षतिथिक्षणे वा ।।’ (मुहूत्र्तचिन्तामणि, नक्षत्रप्रकरण श्लो. ६१) । चैत्रमहिनालाई छोडेर उत्तरायणको समयमा देवी देवताको प्राणप्रतिष्ठा गर्नुशुभहुन्छ भनी बताइएको छ ।
अयनका सङ्क्रान्तिाको पनि विशेष महिमा पाइन्छ । सङ्क्रान्तिमा दान पुण्यका कर्म पुण्यदायी रहन्छन् । सूर्यबिम्बको आधा उदय हुनुपहिले ३ घडी प्रातः सन्ध्या र सूर्यबिम्बको आधा अस्त भएपछि ३ घडी सायंकालको सन्ध्याकाल (सन्ध्याको समय) हुन्छ । यसमा प्रातः सन्ध्यामा (सूर्यबिम्बको आधा उदयबाट ३ घडी पहिले) दक्षिणायनको सङ्क्रान्ति भयो भने परदिनमा पुण्यकाल हुन्छ । अर्थात् सूर्योदयदेखि सूर्यास्तसम्म पुण्यकाल रहन्छ । यसैगरी सायं सन्ध्या (सूर्यबिम्बको आधाभाग अस्तभएको ३ घडीपछि) मा उत्तरायण (मकर सङ्क्रान्ति) भयो भने पहिलो दिन पुण्यकाल हुन्छ । अर्थात् सूर्यास्तभन्दा पूर्व सूर्योदयसम्मको समय पुण्यकाल रहन्छ ।
‘सन्ध्या त्रिनाडीप्रमितार्कबिम्बादद्र्धोदितास्तादधऊध्र्वमत्र । चेद्याम्यसौम्ये अयने क्रमात् स्तः पुण्यो तदानीं परपूर्वघस्रौ ।। (मुहूत्र्तचिन्तामणि, सङ्क्रान्तिप्रकरण, श्लो.७) बिहानको सन्ध्या समयमा दक्षिणायन (कर्क सङ्क्रान्ति) भयो भने सूर्योदयबाट सूर्यास्तसम्मको समय पुण्यकाल हुन्छ । सायं सन्ध्याको समयमा उत्तरायण (मकर सङ्क्रान्ति) भयो भने सूर्यास्तभन्दा पहिलेको सम्पूर्ण दिन (सूर्यास्तभन्दा पहिले सूर्योदयसम्म) पुण्यकाल रहन्छ । पुण्यकाल रहनु भनेको स्नान, दान, जप आदि पुण्यकर्म गर्नका लागि उपयुक्त समय रहनु हो ।
सूर्य निरन्तर उत्तर र दक्षिणी गोलतर्फ सरिरहन्छन् । जसलाई अयन चलन भनिन्छ । सूर्यसिद्धान्तमा सूर्य निरयण बिन्दुबाट २७ अंशपूर्वापर सर्ने कुरा बताइएको छ । हाल अयनांश २४ अंशपछि सरेको अवस्था छ । यसरी अयन चलन भए पनि हाम्रा धार्मिक कार्यसम्पादनार्थ निरयण पद्धतिलाई अवलम्बन गरिएको छ । अदृष्ट फलप्राप्तिका साथै ध्रुवाभिमुख हुने शास्त्रीय मान्यताका आधारमा यस्तो गणनालाई स्वीकार गर्ने मान्यता रहेको हो ।
दृष्टभन्दा पनि अदृष्ट ग्रहको फलविशेष रहने कुरा निर्णय सिन्धुमा बताइएको छ । सोही अदृष्ट फल सिद्धिका निम्ति निरयण पद्धतिको मान्यता स्थिर रूपमा रहेको पाइन्छ । उत्तरायण देवताको दिन हुने समय हो । हाम्रो एक वर्ष बराबर देवलोकमा एकदिन रात हुन्छ । सूर्य उत्तरायण हुँदा देवताको दिन हुन्छ भने सूर्य दक्षिणायन हँदा देवताको रात हुन्छ । देवताको दिनमा गरिएका धार्मिक कार्यको विशेष फल प्राप्त हुने मान्यतका आधारमा हाम्रा अधिकांश काम्यकर्म उत्तरायणमा निर्धारित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच