
दाङ । बस दुर्घटनामा ज्यान गुमाएकाहरुको शवको पोष्टमार्टम गर्न थालिएको छ। लमही अस्पतालमा १२ शव राखिएको छ ।
आफन्तहरु अस्पताल पुग्ने क्रम सुरु भएको छ। राप्ती गाउँपालिका–१ भालुबांग पुल्चोकमा गएराती यात्रु बस दुर्घटना हुदा बसमा सवार १२ जनाको मृत्यु भएको छ भने २३ जना घाईते छन्।
अहिलले मृतकको शव लमही अस्पतालमा राखिएको र शव गृह साँघुरो भएपछि बाहिर टेन्ट टाँगेर शवको पोष्टमार्टम थालिएको लमही अस्पतालका डा. दिपक आचार्यले बताउनुभयो । ‘ठाउँ अभाव भयो। शव गृह सानो छ। बाहिर खुल्ला ठाउँमा टेन्ट टाँगेर पोष्टमार्टम थालेका छौं’ आचार्यले भन्नुभयो ,राजमार्ग क्षेत्र हो।
यहाँ अस्पतालमा शव गृह व्यवस्थित नभएकाे देखिन्छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच