चन्द्रागिरि सवारी दुर्घटना अपडेट : ४ वर्षीय बालकसहित चार जनाको मृत्यु, दुई जना घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा काठमाडौँको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भ्यानमा ६ जना सवारमध्ये चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुईजना घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा सृष्टि तिवारी घाइते हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?