काठमाडौं । चलचित्र गोर्खा वारियरका निर्माता तथा निर्देशक मिलन चाम्सलाई एक कार्यक्रमबीच काठमाडौंमा सम्मान गरिएको छ । यस अघि लेस्टर स्क्वायर लन्डनको आइम्याक्स हलमा प्रिमियर सहभागी चलचित्रकर्मी तथा पत्रकारको टिमले चाम्सलाई नेपालीसहित अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’ सफलताको सफलताको लागि शुभकामना दिँंदै बधाई स्वरूप सम्मान गरिएको हो ।
चाम्सलाई निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक समाजका महासचिव अरुणकुमार प्रधान, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राई, ओएस आर डिजिटलका ओमप्रकाश अग्रवाल, अंकिता गोयल, राकेश थापा, निर्माता प्रेमकुमार श्रेष्ठ, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, सोही संघका उपाध्यक्ष सुरक्षा भट्टराई, संघका केन्द्रीय सदस्य अनुप भट्टराई, चलचित्र पत्रकार सृष्टि पोखरेल, व्यवसायी राजकुमार श्रेष्ठलगायतले संयुक्त हस्ताक्षर सहितको सम्मानपत्रबाट सम्मानित गरिएको थियोे ।
११ फागुनदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्र नेपाली, हिन्दी, अंग्रेजी र कोरियन भाषामा निर्माण भएको छ । भारत र दक्षिण कोरियाको रिलिजका लागि चलचित्रको बिक्री भइसकेको छ । यस्तै अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले ‘गोर्खा वारियर’ लाई भारत र कोरियाबाहेक विश्वव्यापी रूपमा रिलिज गर्दैछ ।
यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै डेब्यु गर्नुभएको हो । रितेससँगै यो चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, आरुसजंग सारु, सारा राईलगायत कलाकारको मुख्य भूमिका छ ।
यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा हुनुहुन्छ । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई हुनुहुन्छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
दोस्रो विश्व युद्धअन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरूको संघर्षको कथा यो चलचित्रमा समेटिएको छ । संसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको संघर्षमा आधारित यो चलचित्रले उनीहरूको युद्धसँगै पारिवारिक कथालाई गोर्खा वारियरले पर्दामार्फत विश्वका दर्शकमाझ पुर्याउने कथन निर्देशक मिलन चाम्सको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच