‘पञ्चायत’लाई युट्युबमा दर्शकको साथ

Read Time = 3 mins

काठमाडौं । शिवम् अधिकारी निर्देशित चलचित्र ‘पञ्चायत’ प्रदर्शनको पाँच वर्षपछि युट्युबमा सार्वजनिक भएको छ । पुष १३ गते नेपाल फ्लिक्स युट्युब च्यानलमार्फत सार्वजनिक भएको चलचित्रले दर्शकको साथ पाइरेहेको छ । सोमबार दिउँसोसम्म चलचित्र नेपालको युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा छ ।

ओष्कार अवार्डका लागि नेपालबाट सिफारिशसमेत भएको यो चलचित्रले युट्युबमा धेरैकोे प्रशंसा बटुलेको छ । धेरैले कथावस्तु र कलाकारहरू नीता ढुंगाना, सरोज खनाल, जाहृन्वी बस्नेतको अभिनयको खुलेर तारिफ गरेका छन् । पञ्चायतकाल ताका एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई चलचित्रले उठान गरेको छ ।

चलचित्रमा गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेललगायतको पनि अभिनय छ । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता गणेश गिरी, निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी रहनुभएको छ । चलचित्रको लेखन तथा निर्देशक शिवम् स्वयंले गर्नुभएको हो भने रामेश्वर कार्कीले छायांकन गर्नुभएको छ ।

चलचित्र विकास बोर्डले दुई लाख नगद रुपैयाँ पुरस्कार राशीसहित यो चलचित्रलाई ‘विशेष चलचित्र’समेत घोषित गरेको थियो । त्यस्तै, २०७४ सालमा अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्कोमा आयोजित ‘सन फ्रान्सिस्को सिनेमा महोत्सव’मा यसले विदेशी भाषातर्फ उत्कृष्ट सिनेमाको अवार्ड जित्नुका साथै नीता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’को अवार्ड प्राप्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?