सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित छ : उपाध्यक्ष पौडेल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएको बताउनुभयो । जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान नदिएको बताउँदै पौडेलले सरकार सत्ता र शक्ति बचाउनमा मात्र सरकार लागिपरेको बताउनुभयो ।

शनिबार बुटवलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औँ साधारण सभा तथा १० औँ अधिवेसनको उद्घाटन गर्दै नेता पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने दाबी गनुभयोे । उहाँले भन्नुभयोे, ‘वर्तमान सरकार, जनताका मुद्दा, चासो, समस्याका विषयमा सरकार जानकार छैन जनताका समस्या समाधान गर्न एमाले नेतृत्वको आवश्यक छ’ पौडेलले भन्नुभयोे । पौडेलले बढ्दो विज्ञान र प्रविधिको भरपुर उपयोग गर्दै त्यहीँ अनुसार नयाँ युवा पुस्ताले अनुसरण गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा नेता पौडेलले महासंघद्धारा नवनिर्मित राजेन्द्र स्मृति पुस्तकालय भवनको उद्घाटनसमेत गनुृ भएको थियो । समाजमा पठन संस्कृतीको विकास र विस्तार गर्न जरुरी रहेको उहाँले बताउनुभयो । नेता पौडेलले पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन हुने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष रामकृष्ण चापागाईंले महासंघले आफ्नो नेतृत्वमा सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुबारे चर्चा गर्दै कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । पुस्तकायल व्यवस्थीत रुपमा सञ्चालन गर्न आफु नेतृत्वमा नरहेपनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महासंघका केन्द्रीय महासचिव शिवसागर सुवेदीले महासंघको अगुवाइमा समयमै देशका सबै जिल्लाका विद्यार्थिहरुले समयमै पाठ्यपुस्तक पाएको बताउनु भयो । राष्ट्रिय पुस्तक नीति नहुँदा महासंघ अभिभावकविहिन जस्तै भएको बताउदै यसलाई तत्काल जारी गर्न आग्रह गर्नु भयो । पठन संस्कृतीको विकासका लागि बिभिन्न समयमा पुस्तक प्रर्दशनी लगायतका कार्यक्रम गर्दै आइरहेको बताउँदै महासंघको अभियानमा जोडिन आग्रह गर्नुभयो ।

कार्यक्रममा महासंघले प्रकाशन गरेको वार्षिक स्मारीका विमोचन गरिएको थियो भने, पूर्व केन्द्रीय अध्यक्ष तथा पूर्व रुपन्देही जिल्ला अध्यक्षहरुलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट व्यवसायीलाई सम्मान र जिल्लास्तरीय सिर्जनसिल हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धृतीय, तृतीय र सान्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । वरिष्ठ उपाध्यक्ष गोपाल बस्यालको धन्यवाद मन्तव्य तथा जिल्ला सचिव कृष्णबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?