वेलिङटन । न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले शनिबार विवाह गर्नुभएको छ । परिवारका सदस्य, साथीहरू र केही नजिकका राजनीतिक सहकर्मीको उपस्थितिमा आयोजित सानो समारोहमा उहाँको विवाह भएको हो ।
न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षाबीच सो समारोह आयोजना गरिएको थियो । समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित हुनुहुन्थ्यो ।
आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ । उहाँहरूबीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो, तर कोभिड-१९ महामारीका कारण स्थगन गरिएको थियो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच