कालीकोट । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि कालीकोटको नरहरिनाथ गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९/०८० को योजना तथा कार्यक्रमको समीक्षा गर्दै यस आर्थिक वर्ष २०८०/०८१ को योजना तथा कार्यक्रमको गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनीकरण गरेको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाले वर्षभरि गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका कार्यालयले प्रदान गरेका सेवा आर्थिक २०७९÷०८० मा सम्पादन भएका कामहरूको बारेमा जानकारी गराइएको थियो । साथै गाउँपालिकाले पालिकालाई सुशासनमैत्री पालिका बनाउन सार्वजनिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिनेसमेत बताएको छ ।
जनप्रतिनिधिले जनताको कुरा नसुन्ने र आफ्नै मनोमानीमा रमाउने आरोप लागिरहँदा गाउँपालिकाले आइतबार प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आगामी दिनमा पनि यी सार्वजनिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिने भएको हो । पालिकाले आगामी दिनमा पनि सरकारले गरेका काम र पालिका तथा वडाले प्रवाह गर्ने सेवा आम नागरिकले थाहा पाउने गरी सूचनाको हक ऐन २०६४ मा भएको व्यवस्थाबमोजिम प्रत्येक चौमासिकमा वडास्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताउनुभएको छ ।
गाउँपालिकामा भए गरेका गतिविधिको बारेमा जानकारी गराउन, विकास निर्माण तथा अन्य सेवा प्रवाहको लागि जानकारी दिँदै नागरिकका गुनासो सुन्न र सम्बोधन गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले बताउनुभयो । शिक्षा, स्वास्थ्य, सडक खानेपानी, यातायात र पालिकामै खाद्य डिपो, राष्ट्रिय प्रशारण लाइन विस्तार, औद्योगिक ग्राम, दलित विद्यार्थीहरूलाई मनोसामाजिक अध्ययन गराइएको र, गाउँपालिकाले स्थानीय उत्पादनमा अल्लो, नेपाली कागज उद्योग, लगायतका कामहरू नीतिगत रूपमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले जानकारी गराउनुभयो ।
गाउँपालिकालाई सुशासनमैत्री गाउँपालिका बनाउन सार्वजनिक सुनुवाइका कार्यक्रलाई निरन्तरता दिने, गाउँपालिकामा निर्माण हुने विभिन्न संरचना बालमैत्री अपांगमैत्री बनाउने, गाउँमा हुने सानातिना विवाद गाउँपालिकाको न्यायिक समितिमै मिलाउने, गाउँपालिकामा हुने बालविवाह, छुवाछुत, छाउपडी प्रथा जस्ता विभेद, बालविवाह न्यूनीकरणलाई अभियानका निरन्तर अगाडि बढाइनेसमेत पालिकाले प्रतिबद्धता जनाएको छ ।
बाढीपहिरो पीडितको विषयमा गाउँपालिकाले उचित क्षतिपूर्ति र राहत व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको समेत बताइएको छ । सोही सार्वजनिक सुनुवाइ कार्यक्रममा ‘नागरिक प्रतिको जवाफदेहिता, सुशासनमा प्रहरीको प्रतिबद्धता’ सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय कुमाल गाउँले समेत सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा इलाका प्रहरी कार्यालय कुमालगाउँको सहकार्यमा प्रहरीले गरेका गतिविधि र प्रगति सार्वजनिक गरिएको थियो । प्रहरी कार्यालयमा हालसम्म ४१ वटा मुद्दा दर्ता भएको र जसमा ४७ जना पक्राउ परिसकेको बताइएको छ । १३ वटा लेनदेनका मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय कुमाल गाउँका प्रहरी निरीक्षक प्रकाशकुमार केसीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच