भारतीय आलुको मूल्य बढ्यो, कस्तो छ आज अरू तरकारीको भाउ ?

हिमालय टाइम्स
Read Time = 16 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि हरियो तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलाे गाेलभेडाकाे न्यूनतम मूल्य प्रतिकेजी ४० रूपैयाँ निर्धारण गरिएकाे छ । ठूलाे भारतीय गाेलभेडाकाे मूल्य ५५ रूपैयाँ ताेकिएकाे छ ।

त्यस्तै राताे आलुकाे न्यूनतम मूल्य ३४ रूपैयाँ प्रतिकेजी छ । भने भारतीय आलुकाे न्यूनतम मूल्य ३० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । याे हिजाेकाे भन्दा २ रूपैयाँ बढी हाे ।

यता प्याजकाे मूल्य भने केही दिन देखि स्थिर छ । साेमबार प्रतिकेजी न्यूनतम ८० रूपैयाँमा काराेबार भएकाे भारतीय प्याज आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे छ । चाइनिज प्याजकाे न्यूनतम मूल्य ६० रूपैयाँ प्रतिकेजी छ ।

आजकाे तरकारी तथा फलफूलकाे मूल्यसूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?