बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगर प्रहरी भर्तिमा चोरबाटो अपनाइएको समाचार केहि समय पहिला सार्वजनिक भएको थियो । अहिले ति नगर प्रहरी केहि समय पहिले प्रहरीको हिरासतमा रहेको पाइएको छ ।
ठाकुरबाबा नगरपालिकाले एक जना नगर प्रहरी हवल्दारको माग गरेर सूचना सार्वजनिक गरेको र भर्ना गर्ने बेलामा २ जनालाई भर्ना गरेको पाइएको थियो । पालिकाले २०८० श्रावण ९ गते करारमा नगर प्रहरी भर्ना सम्वन्धि सूचना प्रकाशित गरेको थियो जसमा नगर प्रहरी सहायक निरिक्षक १ जना, नगर प्रहरी सहायक १ जना, नगर प्रहरी हवल्दार १ जना र नगर प्रहरी जवान ९ जना गरी १२ जना नगर प्रहरी भर्नाको लागी सूचना निकालेको थियो ।
पालिकाले नगर प्रहरी सहायक निरिक्षक र नगर प्रहरी हवल्दारको परिक्षा २०८० साल असोज ६ गर्ने भनेकोमा स्थगित गरेको थियो । पालिका स्रोतकाअनुसार सो समय पालिकाले राखेका नगर प्रहरी सहायक निरिक्षक हिरासिंह थारु र नगर प्रहरी हवल्दार दुर्गा प्रसाद तिमिल्सिना जुवा खेलेको आरोपमा पक्राउ परेका थिए । उनिहरु इलाका प्रहरी कार्यालय बगनाहमा रहेका कारण पालिकाले केहि दिनका लागि परिक्षा स्थगित गरेको थियो ।
प्रहरी स्रोतकाअनुसार जुवा खेलेको आरोपमा अहिले ठाकुरबाबा नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरिक्षक र नगर प्रहरी हवल्दार रहेका छन् । पालिकाले वाहिर देखावटि रुपमाआदर्शका गफ चुट्ने गरेता पनि भित्री रुपमा आफ्नो मान्छेलाई र अनुकुलको मान्छेलाई सेवा दिँदा होस् वा केहि काम दिँदा पहिलो प्राथमिकता दिने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच