काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजारीले यातायात क्षेत्र समस्याग्रस्त अवस्था रहेको बताउनुभएको छ ।
मंगलवार धनगढीमा यातायात व्यवसायीहरुसँगको छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो बताउनुभएको हो ।
उहाँले विगतको सरकारले कुनै अध्ययन र अनुसन्धान बिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भइरहेको बताउनु भयो । उहाँले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धान बिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धरासायी भएको उल्लेख गर्नुभयो ।
यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावक बिहीन अवस्थामा रहेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाई छ । उहाँले २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्वित वा कोमामा रहेको बताउनु भयो । उहाँले यातायात क्षेत्र कम्पनीमा लैजाने निर्णयपछि बन्नुपर्ने नीति र कार्यविधि अहिलेसम्म बन्न नसकेको बताउनु भयो ।
उहाँले सरकारले कम्पनीको रुपमा कुनैपनि कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृद्धि बढ्दा अस्वस्थ प्रतिष्पर्धा बढेको बताउनु भयो । उहाँले सरकारसँग कुन सवारी साधन कहाँ जाने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै विधि र पद्धति नभएको कारण पनि सडक दुर्घटना बढी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालको यातायात क्षेत्र संक्रमणकालिन र जर्ज परिस्थितिमा छ । सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएर अनुसन्धान बिना कम्पनीमा रुपान्तरण गर्ने निर्णय ग¥यो । त्यो निर्णयले गर्दा नेपालको यातायात क्षेत्र छेदविछेद भएको छ । सरकार नयाँ ढङ्गमा जान खाजेको होला भन्ने सोच्यौं । तर सरकारले यातायात क्षेत्रलाई अभिभावक बिहीन बनायो । २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्वित वा कोमामा छन् । यातायात क्षेत्र कम्पनीमा गएपछि जुन विधि र कार्यविधि बन्नुपर्ने हो । कुनै कार्यविधि अहिलेसम्म बनेको छैन । अहिलेसम्म सरकारले कम्पनीको रुपमा कुनैपनि कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको छ । त्यसले अस्वस्थ प्रतिष्पर्धा छ । कुन सवारी साधन कहाँ जाने भन्ने कुनैपनि विधि पद्धति बनेको छैन । त्यसको कारण पनि सडक दुर्घटना बढिरहेको छ । यातायात व्यवसायीहरुले राखेका मागहरु सम्बोधन नभएको कारण समस्या छ । ७२ घण्टाको नाममा भारतीय नम्बर प्लेटका सवारी साधनहरु भित्रिएर देशभर घुमिरहेको कारणले अस्वस्थप्रतिस्पर्धा बढेको छ । त्यसले नेपाली यातायात क्षेत्र धरापमा परेको छ । सडक दुर्घटना किन र कसरी हुन्छ भन्ने विषयमा समेत हुनै निष्कर्षमा राज्य पुग्नसकेको छैन । सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु समस्यामा छन् । राज्यले कानूनमा भएका व्यवस्थालाई व्यवहारमा लागू गरेको छैन ।’
सरकारले यातायात व्यवसायीहरुले राखेका मागहरु अहिलेसम्म सम्बोधन नगरेको आरोप लगाउनु भयो । उहाँले ७२ घण्टाको नाममा भारतीय नम्बर प्लेटका सवारी साधनहरु भित्रिएर देशभर घुमि रहेको कारणले अस्वस्थ प्रतिष्पर्धा बढेको बताउनु भयो । उहाँल सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु समस्यामा रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच