हेलिकप्टर दुर्घटनाका घाइतेलाई खाँदबारी ल्याइँदै

हिमालय टाइम्स
Read Time = 1 min

संखुवासभा । संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा क्याप्टेल सुरेन्द्र पौडेलसहित दुईजना घाइते भएका छन् ।

घाइतेलाई सदरमुकाम खाँदबारी ल्याइँदै गरेको संखुवासभा सहायक प्रजिअ मोहनमणि घिमिरेले जानकारी दिनुभएको छ । हेलिकप्टरमा सवार छिरिङ भोटेको भने सकुशल उद्धार गरिएको छ ।

उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

संखुवासभामा भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा पाँचजना घाइते भएका छन्। ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो। अरूण नदी नजिककै जहाज दुर्घटना भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?