कोरोनाको चौथो लहर

विश्वनाथ खरेल
Read Time = 13 mins

मुलुकभर सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । गत साउन १ गते १ हजार ४ सय ३९ जना भएका सक्रिय संक्रमित २६ दिनमा बढेर ५ हजार ८ सय ८५ पुगेका छन् । त्यस हिसाबले हेर्ने हो भने कोरोना संक्रमणको दर काठमाडौं र ललितपुरमा सबैभन्दा धेरै रहेका छन् । यसको साथसाथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ साउनमा देशभरमा गरी १८ जना आइसीयूमा उपचाररत थिए । फलतः मन्त्रालयको तथ्यांकअनुसार २६ साउनमा देशभरका अस्पतालमा उपचाररत २ सय १४ संक्रमितमध्ये ६४ जना आइसीयू र सातजना भेन्टिलेटरमा छन् । जसमध्ये कोभिड संक्रमण दिनानुदिन बढ्दै गए पनि हालसम्म दुई सयभन्दा बढी सक्रिय संक्रमित काठमाडौं, ललितपुर र मोरङ रहेका छन् ।

यसरी ओमिक्रोन भेरियन्टले दीर्घरोगीलाई बढी समस्या भएको सम्बन्धित क्षेत्रले जनाएको छ । यसरी खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पतालमा भर्ना गर्नुपरेको पाइएको छ । विश्वव्यापी रूपमा कोरोना फैलिएको साढे दुई वर्ष नाग्न लागिसकेको छ भने हाम्रो देशमा भने पहिलोपटक ९ माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । देशमा सर्वप्रथम १ जेठ २०७७ मा नेपालमा कोरोना भाइरसले सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी सुत्केरीको पहिलो ज्यान लिएको थियो । हालसम्म आइपुग्दा ११ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । मूलतः देशमा अहिले कोरोनाको चौथो लहरको सुरुवात भइरहेको छ ।

अहिले पनि देशमा करिब ३० लाखले एकमात्रा पनि खोप लगाएका छैनन् । यसर्थ खोपसम्बन्धी जानकारी लिने र संक्रमणविरुद्ध यो आवश्यक छ भन्ने महसुस नगरुञ्जेल यसबाट हुने मृत्युबाट जोगाउन सकिँदैन । मुलुकमा खोप अभाव होइन खेर जाने अवस्था रहेको समेत देखिएको छ ।

यसर्थ स्वास्थ्यमन्त्रालयको तथ्यांकअनुसार पहिलो लहर २०७६ चैतदेखि २०७७ मंसिरसम्म चलेको थियो । त्यसैगरी, दोस्रो लहर २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म चलेको थियो । हालसम्म ११ लाख ३९ हजार ९ सय ४४ संक्रमित भइसकेका छन् । यसरी अहिलेसम्म सबैभन्दा बढी ६० देखि ६९ वर्षसम्मका मानिसको बढी मृत्यु भएको छ । मन्त्रालयको तथ्यांकअनुसार उक्त उमेर समूहका दुई हजार ५ सय ७ मृत्यु भएको छ । त्यसैगरी, ७० देखि ७९ उमेर समूहका दुई हजार ३ सय ८८, ५० देखि ५९ वर्षका दुई हजार ३ सय १, ८० वर्षभन्दा माथिका एक हजार ६ सय ३९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै, ४० देखि ४९ वर्षसम्मका एक हजार ६ सय ६५, ३० देखि ३९ उमेर समूहका ९ सय ६५, २० देखि २९ वर्षका ३ सय ८०, १० देखि १९ वर्षका ५७, ९ वर्षमुनिका ५१ बालबालिकाको मृत्यु भएको थियो । १३ जनाको भने उमेर समूह खुलेको छैन । विगतमा देशमा भएको कोरोना महामारीको कारणले गर्दा र यसबाट पाठ सिकेर यस उपचारको पूर्वाधार संख्यामा केही वृद्धि गरी देशभर हालसम्म ८ हजार २ सय २ आइसोलेसन बेड, तीन हजार ८ सय ४६ एचडियू, दुई हजार ७ सय ९७ आइसीयू र एक हजार आठ भेन्टिलेटर छन् । त्यसैगरी, १८ हजार २ सय ९९ अक्सिजन सिलिण्डिर, ६ सय १३ अक्सिजन कन्सन्ट्रेटर र १ सय ३२ अक्सिजन प्लान्ट रहेको स्वास्थ्यमन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तैगरी अहिलेसम्म मुलुकमा ४ करोड ९४ लाख २५ हजार १ सय १३ मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड १५ लाख ५६ हजार ९१ जनाले एकमात्रा, २ करोड ५ लाख ९२ हजार १ सय जनाले पूर्णमात्रा र ७२ लाख ७६ हजार ९ सय २२ जनाले अतिरिक्तमात्रा लगाएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । अहिले पनि देशमा करिब ३० लाखले एकमात्रा पनि खोप लगाएका छैनन् । यसर्थ खोपसम्बन्धी जानकारी लिने र संक्रमणविरुद्ध यो आवश्यक छ भन्ने महसुस नगरुञ्जेल यसबाट हुने मृत्युबाट जोगाउन सकिँदैन । मुलुकमा खोप अभाव भएको होइन ।

खोप खेरजाने अवस्था रहेको देखिएको छ । यस्तो स्थितिमा अधिकांश नागरिकलाई खोप लगाउन सरकारको ध्यान जानु आवश्यक छ । हाल देशमा तीन तहको सरकार छ । त्यसमा पनि स्थानीय तहको सरकार भर्खरै आएको अवस्था छ र काम पनि थालिसकेको छ । यसको अलावा घरघरको जानकारी लिएर स्थानीय सरकारले खोप नलगाउने जनसंख्यालाई यसका निम्ति प्रेरित गर्नु आवश्यक देखिएको छ । अझै पनि प्रत्येक घरमा कोही न कोही मानिस खोप लगाउनबाट छुटेका छन् ।

तर, यो जनसंख्या व्यवस्थापन गर्न सकिने किसिमको छ । त्यतिमात्र होइन, खोप लगाउन नचाहने जनसंख्या कुनै न कुनै रूपमा मिथ्या सूचनाबाट समेत प्रभावित भएका छन् । अतः कोरोना भाइरसको लक्षण देखा परेपछि विश्वका शक्तिशाली राष्ट्रका वैज्ञानिक, अनुसन्धानकर्ता भाइरसविरुद्धका खोप पत्ता लगाउन लागिपरिरहे । यद्यपि भाइरसलाई पूर्णनियन्त्रण गर्न सक्ने भ्याक्सिन निर्माण गर्न हालसम्म नसके तापनि प्रभावलाई कम गर्न सक्ने भ्याक्सिन विभिन्न राष्ट्रले निर्माण गरे । सोहीअनुरूप हाम्रो देशमा पनि भ्याक्सिन भित्रियो ।

समग्रमा भन्नु पर्दा देशमा कोरोनाको संक्रमण स्थिति सामान्य भएका कारण धेरै व्यक्तिले मास्क लगाउने र स्यानिटाइजर लगाउने काममा पनि केही सुस्तता देखिएको छ । यसरी संक्रमण बढ्न थालेपछि फेरि आनीबानीमा परिवर्तन गर्नु आवश्यक देखिएको छ । यसर्थ संकमण केही बढ्नासाथ सञ्चारमाध्यमले संवेदनशील भएर फेरि यसबारे समाचार र टिप्पणी प्रकाशित गर्न थालिसकेका छन् । मुलुकभर कोरोनाको सक्रिय संक्रमित ४ हजार ९ सय ३४ जना छन् । जसको आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् ।

पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट मृत्यु भएकोमा ७३ दिनपछि साउन १ गते कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो । यसै क्रममा साउनयता तीन हप्तामा मृत्यु भएका कोरोना संक्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । मूलतः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाइ अनुसार साउन १ गतेदेखि २० गतेसम्म १८ जनाको मृत्यु भएकोमा १३ जना अर्थात् ७६ प्रतिशतले खोप नलाएको जानकारी पाइएको छ ।

त्यसरी नै मुलुकमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म कूल जनसंख्याको ७३.९ प्रतिशतले पहिलो मात्रा र ७०.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । यसैगरी, १८ वर्षमाथिका लक्षित समूहले ९२.५ प्रतिशतले एक मात्रा र ८८.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । अतः राष्ट्रमा कूल जनसंख्याको २५ प्रतिशतले मात्र अतिरिक्त मात्रा (बुस्टर) खोप लगाएको सम्बन्धित निकायको भनाइ पाइन्छ । फलतः अब कूल जनसंख्याको ७५ प्रतिशत जनतालाई अतिरिक्त मात्राको खोप लगाउन बाँकी रहेको देखिन्छ ।

सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । यसलाई थप बिग्रन नदिन अहिल्यैदेखि भूमिका खेल्नुपर्ने जिम्मेवारी सरोकारवाला पक्षको हो । भोलि यसबाट उम्कन धेरै मिहिनेत पर्ने स्थिति आउन दिनु हुँदैन ।

त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । यसलाई थप बिग्रन नदिन अहिल्यैदेखि भूमिका खेल्नुपर्ने जिम्मेवारी सरोकारवाला पक्षको हो । भोलि यसबाट उम्कन धेरै मिहिनेत पर्ने स्थिति आउन दिनु हुँदैन । यसलाई ससर्ती हेर्ने हो भने खास गरी भारतसँगको सीमा क्षेत्र र राजधानी उपत्यकामा संक्रमण बढेको देखिएको छ । यो भनेको घना बस्ती र आवतजावत बढी हुने ठाउँमा यसको संक्रमण बढेको हो । यसरी स्वास्थ्यमन्त्रालयका अधिकारीहरू पनि चौथो लहर सुरुवातमा रहेकाले आगामी दिनमा संक्रमण अझ बढ्ने स्वीकार गर्छन् ।

यो महामारीको हिसाबले हेर्दा संक्रमण उच्च भएको दुईदेखि तीन हप्तापछि अस्पतालमा भर्ना बढ्ने र मृत्यु हुनेदर बढ्ने देखिन्छ । मुलुकमा फेरि कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको छ । केही मत्थर हुँदैगएको भाइरस पुनः सक्रिय बन्दै गइरहेको छ । कोरोनाको प्रभाव शून्यमा झार्न नपाउँदै फैलावट दर बढ्दै गइरहेको छ । आममानिसले स्वास्थ्य मापदण्ड कायम गर्नुपर्ने अवस्था कायमै छ भने संक्रमितको संख्या बढ्दो क्रममा रहँदा सतर्कता अपनाउनु उत्तिकै जरुरी छ ।

कोरोना भाइरसलाई सामान्य नठानौँ । यसको प्रभाव विश्व अनि हाम्रै राष्ट्रको विगतको अवस्थालाई मूल्यांकन गर्दा नै छर्लंग हुन्छ । हामी कस्तो र कुन अवस्थाबाट गुज्रिएर यो अवस्थासम्म आइपुगेका छौँ । त्यस कुरालाई तीनै तहका सरकार, नागरिक समाजलगायत सबैले हेक्का राख्न जरुरी भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?