बाँके । बाँकेको नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म निर्माणाधिन अवस्थामा रहेको हुलाकी राजमार्गमा निर्माण सम्पन्न नहुँदै भत्किदै गएको पाइएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्ज, मैनापोखर, गुलरिया सडक विस्तार कार्य योजनाका लागि शर्मा एण्ड कम्पनीले २७ .६२ किलोमिटर कालोपत्रे गर्ने जिम्मा लिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पाण्डेले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले पुरानो बाटोको अलकत्रा तथा पुरानो पुलको अलकत्रा उप्काएर किनारमा राखी त्यसलाई नै प्रयोग गरेको पाइएको छ । यस विषयमा स्थानियले पटक पटक आवाज उठाउँदा समेत सम्वन्धित निकायले वेवास्ता गरेको स्थानिय वासीको भनाई छ । शर्मा एण्ड कम्पनीले पुल निर्माण कार्य तथा सडक निर्माण कार्य सगसगै अघि बढाएको छ । साथै पुल निर्माण कार्यमा समेत कमसल सामाग्रीको प्रयोग गरेका कारण पुल तथा कलभर्ट निर्माण कार्य सम्पन्न भए लगत्तै भत्किएको पाइएको छ । बेश र शब बेशको काम चलिरहेको छ । नाली बनाउँदा कच्चा अर्थात पिला इँटा प्रयोग भएको जनगुनासो बढेपछि हुलाकी आयोजना कार्यालय अनुगमनमा पुगेपछि अव्वल इटटाको प्रयोग गरिएको थियो । अहिले पुरानो बाटो बाट निकालिएको कालोपत्रेलाई नै पुन प्रयोग गने गरेको पाइएको हो ।
शितलावजारमा निर्माण भएको नालाको पंखा निर्माणाधिन अवस्थामा छुटटिएको तस्विर केहि दिन पहिले सामाजिक संजालमा भाइरल भएको थियो । कम्पनीले सडकको फिलिङ्गमा चरम लापरवाहि गरेको पाइएको हो । पुरानो पक्की सडकको अलकत्रा उप्कायर फिलिङ्ग गर्दा गुणस्तरमाथि प्रश्न खडा भएको छ । कम्पनीले पुरानो बाटोकै सामान प्रयोग गरेको विभिन्न स्थानमा निर्माण गरिएका नाली भत्किएको कलभर्ट जोडमा त्रृटि देखिएको भएपनि उच्च राजनितिक संरक्षणका कारण कुनै पनि दलले खुलेर विरोध गर्न सकिरहेका छैनन् ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार नागरिकले गुनासो गरेपछि आफुहरु अनुगमनमा गएको बताउनु भयो । केही स्थानमा गलत भएको पाइएको बताउदै सुधारका लागि मौका दिइएको बताउनु भयो ।
उहाँका अनुसार बाँकेको नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म जम्मा २७.६२ किलोमिटर लम्वाई बाटोमा ४ लेनको ११.६ किलो मिटर र बाकिँ १६.०२ किलोमिटर २ लेनको हुने बताउनु भयो । जस अन्तर्गत बाँकेमा ११.६ किलोमिटर लम्वाई हुने छ त्यसमा ५.४ किलोमिटर ४ लेनको हुने छ भने ६.३६ किलोमिटर २ लेनको हुने छ यसै गरी बर्दिया तर्फ जम्मा १५.८६ किलोमिटर लम्वाईमा ६.२ किलोमिटर ४ लेनको हुने छ भने बाँकी ९.६६ किलोमिटर २ लेनको हुने बताइएको छ ।
Poisa anusar ko kam hola ni hajur baru bato ko meter + – garnu parne bhaya jasto xa ta ki full payment napayara ho hajur. Aba full payment gare paxi manxe nai gyab hola