मुगु । भुकम्प प्रभावित जिल्ला जाजरकोटको एक विधालयका विधाथीहरुलाइ न्यानो कपडा विततण गरिएको छ । कुशे गाउपालिका वडा न ५ दमधला स्थित पशुपती माध्यामिक विधालयमा अध्ययनरत २५० जना विधाथीलाई न्यानो कपडा सहित विधालय पोशाक वितरण गरिएको हो ।
भुकम्पले बसेका घरहरु भत्किदा विधार्थीहरुका लगाउने कपडा,विधालय पोशाक र किताब कापि छोपिदा विधाथी प्रभावित भएका थिए । अन्य निकायबाट कापिकलमहरुको सहयोग भए पनि यो चिसो सिजनमा न्यानो कपडाको आवश्यकता विधाथीहरुलाइ थियो । उहाहरु कै आवश्यकता अनुसारको न्यानो कपडा नेपाल रिसिङ्गको आथिक सहयोगमा हेल्प फोर्स नेपालले वितरण गरेको अभियान्ता अर्जुन मल्लले जानकारी गराउनुभयो ।
भुकम्पले सबै कपडा घर भत्कदा छोपिएको र विधालयमा पनि भवन भत्कदा चौरमा बसि अध्यन गर्दा विधाथिलाइ चिसो लाग्ने गरेको थियो । अभियान्ता मल्लले भन्नू भयो एकसरो जिउमा लगाएको कपडा मात्र भएका बालबालिकाहरुलाइ न्यानो कपडा सहयोग गरेर चिसोबाट बचाउन पाउँदा खुशी लागेको छ । भुकम्प प्रभावित अन्य पालिकाका विधालय स्थानियहरुको सहयोगका लागि दाता खोजिरहेका छौ प्रभावितहरुको मागको आधारमा सहयोग गर्ने छौ ।
मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा न १ श्रीनगर घर भएका समाजसेवी अर्जुन मल्ल देश भरी जहाँ जे विपत,प्रकोप र महामारीमा परि प्रभावित हुने परिवारलाइ आवश्यकता अनुसारको सहयोग गर्न पुग्ने गरेका छन् ।
उहाँको नेपाल हेल्प फोर्स नामक सस्थाको टिमले देश विदेशबाट सहयोग जुटाइ प्रभावित परिवार सहयोग गर्दु आएको छ । मल्ल भन्नू हुन्छ “सधै दाता भेटिनु हुदैन कहिले काहीँ टिमले नै आफ्नो व्यक्तिगत लगानी जुटाइ सहयोग गर्दै आएका छौ । दाताले जिन्सी सहयोग गर्ने गरेको र स्थानिय ढुवानी र अन्य खर्च हामी आफैले व्यहोर्दै आएका छौं ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच