काठमाडौं । सेलट्रोन नेपाल प्रालिले अनर एक्स ९ बी ल्याउने भएको छ । द अनब्रेकेबल स्मार्टफोन भन्ने नाराका साथ अनर एक्स ९ बी सबैभन्दा बलियो डिस्प्लेका लागि विश्वभरि प्रख्यात रहेको कम्पनीको दाबी छ, जसलाई एसजिएबाट फाइभस्टार पनि प्रदान गरिएको छ ।
कम्पनीका अनुसार क्यामेरा, ब्याट्रीलगायत अन्य पक्षमा अनर एक्स ९ बीमा अपग्रेड गरिएको छ । अनर एक्स ९ बी मा अनर अल्ट्रा-बाउन्स एन्टी-ड्रप प्रविधि समावेश छ, जसले स्मार्टफोन क्षेत्रमै पहिलोपटक एसजिएसबाट फाइभस्टार रेटिङसमेत पाएको छ । एकदमै बलियो डिस्प्ले भएकाले उचाइबाट खसाल्दा तथा धेरै झट्कामा पनि केही नहुने कम्पनीको दाबी छ ।
यसमा १०८ एमपी अल्ट्रा-क्लियर क्यामेरा, पाँच एमपी अल्ट्रा-वाइड क्यामेरा, र दुई एमपी म्याक्रो क्यामेरा गरी ट्रिपल क्यामेरा रहेको छ । क्यामेराले थ्रीएक्स जुम र उत्कृष्ट गति क्याप्चर इञ्जिनका साथ उच्च अप्टिकल गुणस्तर पनि प्रदान गर्नेछ । त्यस्तै, एकपटक चार्जमा तीन दिनसम्म चल्ने पनि कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच