काठमाडौं । स्थानीय सरकारलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाह थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल इ-पालिका र गल्ली म्याप्सबीच सम्झौता भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि बिहीबार कम्पनी प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थान, तिनको अवस्थितिलगायत अन्य अत्यावश्यक जानकारी इ-पालिका एपमा उपलब्ध हुनेछन् ।
निन्जा इन्फोसिसले निर्माण गरेको इ-पालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो । जसमा निन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सह-सस्थापक राजविक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीका अनुसार इ-पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै पालिकावासीले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्था गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच