भोजपुर वितरक संघको अध्यक्षमा आचार्य

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । जिल्ला सदरमुकाममा शनिवार भएको भोजपुर बितरक संघको प्रथम साधारण सभा तथा अधिवेशनले शम्भु आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ ।

अधिवेशनले आचार्यको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति बनाएको हो । समिति उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिव इश्वर श्रेष्ठ, कोषाध्यक्ष डिक बहादुर कार्की चयन हुनु भएको छ ।

यसै गरी सदस्यहरुमा सविन श्रेष्ठ, घनेन्द्र बिष्ट, तिर्थ तामाङ, सरण तामाङ र प्रेम जोशीलाई अधिवेशनबाट छनौट गरिएको छ ।

नेपाल बितरक महासंघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्नु भएको थियो । २०८० बैशाख महिनाबाट सम्वन्धित निकायमा दर्ता भएर बिधिवतरुपमा भोजपुर बितरक संचालनमा रहँदै आएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?