विश्व वातावरण सम्मेलनको तयारी अन्तिम चरणमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । केन्याको राजधानी नैरोबीमा यही फेब्रुअरी २६ देखि मार्च १ सम्म हुने संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलन (युएनएइए-६) को छैटौं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपि) का कार्यकारी निर्देशक इनगर एन्डरसनले सरकार, उद्योग, नागरिक समाज र शिक्षाविद्हरूका ३ हजार भन्दा बढी प्रतिनिधिहरूले विश्वव्यापी वातावरणीय एजेण्डालाई आकार दिन खोज्ने द्विवार्षिक कार्यक्रममा सहभागिता जनाउने बताउनु भयो ।

सम्मेलनले परिवर्तन, जैविक विविधताको हानि र प्रदुषणलाई सम्बोधन गर्न प्रभावकारी, समावेशी र दिगो बहुपक्षीय कार्यहरू गर्ने अपेक्षा गरिएको छ । एन्डरसनका अनुसार, मानवताको लागि लचिलो, हरियो र समावेशी भविष्य सुरक्षित गर्न विश्वव्यापी खोजमा ताजा गति दिँदै सम्मेलनमा २० प्रश्तावहरूमा छलफल हुनेछन् ।

पाँचदिने विश्वव्यापी वातावरण सम्मेलन अघि स्थायी प्रतिनिधिहरूको बैठक हुनेछ । जसले छलफलका लागि मुख्य विषयहरूलाई व्यवस्थित बनाउने छ । सम्मेलनमा छलफलका लागि तय गरिएका अन्य प्रमुख विषयहरूमा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधार र हरित एजेण्डा, जल सुरक्षा, खानी, महासागर शासन, र सौर्य विकिरण परिमार्जनसँग मिलाउने समावेश छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?