पहिचान पक्षधरले लगाए गाउँपालिकामा ताला

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । कोसी प्रदेशको नाम पुन संशोधनको माग राख्दै आन्दोलन सुरु गरेको पहिचान पक्षधरले भोजपुरको पूर्वी अरुण गाउँपालिकामा तालावन्दी गरेको छ ।

अरुण गाउँपालिकामा कालो झण्डा राख्ने, बोर्डमा कालो पोत्ने र तालबन्दी गरिएको हो । किराँत राई यायोक्खा गाउँकार्य समिति अध्यक्ष कोपिला राईको नेतृत्वमा बिरोधको कार्यक्रम गरिएको हो । प्रदेश नामकरणको विषयमा असहमति राख्दै आन्दोलनरत किराँत राई यायोक्खाले अरुण गाउँपालिकामा तालाबन्दी गरेको छ ।

बहुमतका आधारमा भन्दै प्रदेशको नाम कोशी राखिएपछि अहिले त्यसको बिरोधमा पहिचान पक्षधर संघ संस्थाहरुले आन्दोलदन सुरु गरेका छन । भोजपुरमा पनि किराँत राई यायोक्खालगायतका संघ संस्था आन्दोलनमा छन ।

भोजपुरमा पनि नाम पुन संसोधनको मागसहित प्रदेश नम्वर १ पुन नामकरण संयुक्त संघर्ष समितिले आन्दोलका कार्यक्रम अघि सारेको हो । संघर्ष समितिमा भोजपुरमा किराँत राई यायोक्खा, किराँत राई चाम्लिङ खाम्बातिम, किराँत राई बान्तावा खिम र किराँत राई साङपाङ (जुम्लेखा) लगायतका संस्था छन । प्रदेशको नाम कोसी नभएर पहिचानको आधारमा राख्नु पर्ने मागसहित आन्दोलन थालिएको किराँत राई यायोक्खा भोजपुरले जनाएको छ ।

यता आन्दोलनरत संयुक्त संघर्ष समितिले बिज्ञप्ती निकाल्दै जिल्लाका सरकारी कार्यालय, स्थानीय तहहरुमा कोसी लेखिएका बोर्ड र साइनवोर्डहरुको प्रयोग नगर्न आग्रह गरेको छ । पहिचानलाई नामेट पार्ने गरी कोसी प्रदेश नामाकरण गरिएको भन्दै संघर्ष समितिले त्यसको बिरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?