हेमन्तलाई तीन कांस्य पदक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार तीन कांस्य पदक जित्नुभएको छ । ‘डेब्यु’ गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौल समूहमा तीन कांस्य पदक जित्न सफल हुनुभएको हो ।

हेमन्तले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीन कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जनाउनुभएको छ । भारतको नोयडामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एण्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गर्नुभयो ।

हेमन्तको स्पर्धामा पाँच राष्ट्रका ६ खेलाडी सहभागी थिए । उज्वेकिस्तानका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । थाइल्याण्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते । प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी छन् । पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्नुहुनेछ । सञ्जयको पनि यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?