माघे सक्रान्तिका दिन महामहिम राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिलाई नयाँ मोड दिन खोजे । उनले नेपालका सबै राजनीतिक दलका शीर्ष नेता र संसदीय समितिमा रहेका प्रमुुखलाई शीतल निवास बोलाए । राष्ट्रपतिको आग्रहमा विपक्ष दलका नेताबाहेक सबै सामेल भए । उनले माघ महिनाको पारिलो घाममा बसेर दलका नेतालाई र राजनीतिक दललाई केही सुुझाब दिए । उनको भूूमिकालाई प्रतिपक्षले राजनीति भन्यो । अरू सबै दलका नेताहरू गए । उनीहरूको माझमा राष्ट्रपतिले केही कुरा राखे । ती कुराको चर्चा आज राजनीतिको बजारमा भइरहेको छ । सामान्य अभिभावकका रूपमा आजको संविधानले राष्ट्रपतिलाई हेरेको छ । राष्ट्रपति संविधानको रक्षक र अभिभावक हो भन्ने कुरालाई संविधानमा उल्लेख गरिएको छ ।
राजतन्त्रको अन्त्य नेपाल गणतन्त्रमा प्रवेश गरेपछि भयो । नेपालको राजनीतिक अभिभावकका रूपमा राष्ट्रपतिलाई मानियो । राष्ट्रमा आएका समस्याको समाधान र दलहरूले गरेका नराम्रा कामलाई सचेत गराउनुु उनको दायित्व रहेको देखियो । दलले शासन चलाउँदा गरिएका नराम्रा तथा देशविरोधी कामलाई राष्ट्रपतिले अङ्कुुश लगाउन सक्ने केही आधारहरू संविधानले नै व्यवस्था गरेको छ ।
नेपालको संविधानले राष्ट्रपतिलाई अभिभावकका रूपमा स्वीकार गरेको छ । अभिभावकीय भूूमिकालाई राष्ट्रपतिले राजनीतिका रूपमा प्रयोग गर्नुुहुँदैन यो सत्य हो । तर, कहिलेकाँही राजनीतिक दलले गरेका गलत निर्णयलाई राय परामर्शबाट सच्याउने अधिकार राष्ट्रपतिमा निहित रहेको छ ।
रामचन्द्र पौडेल पूूर्व डा.रामवरण यादव र विद्या भण्डारी राष्ट्रपति बनेका थिए । उनीहरूको भूूमिकामा तात्विक फरक नभए पनि विद्या भण्डारीले अभिभावकको पदमा रहेर राजनीति नै गरिन् । अबको नेपालको राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका खारिएका र माझिएका नेता रामचन्द्र पौडेल पदाशीन बने । राष्ट्रपति नेपाली नागरिक हो । ऊ हिँड्दा नागरिकहरूले दुुःख पाउनुुहुुँदैन भन्ने धारणालाई बाहिर ल्याए । यो काम नेपालीहरूका लागि उचित पनि लाग्यो । काठमाडौंका शहरमा घण्टौंसम्म सवारीका लागि कुुर्नुुपर्ने अवस्थाको उनले अन्त्य गरे । यो काम नेपालीका लागि प्रशंसायोग्य नै रहृयो ।
अभिभावक
नेपालको संविधानले राष्ट्रपतिलाई अभिभावकका रूपमा स्वीकार गरेको छ । अभिभावकीय भूूमिकालाई राष्ट्रपतिले राजनीतिका रूपमा प्रयोग गर्नुुहुँदैन यो सत्य हो । तर, कहिलेकाँही राजनीतिक दलले गरेका गलत निर्णयलाई राय परामर्शबाट सच्याउने अधिकार राष्ट्रपतिमा निहित रहेको छ । राजनीति र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रपतिले दल र सरकारप्रमुुखलाई सचेत गराउन सक्छ । यो राष्ट्रपतिले पाएको संवैधानिक अधिकार पनि हो ।
माघ एक गते राष्ट्रपतिले दलका नेतालाई सरकारलाई जुन किसिमको सन्देश प्रवाह गरे त्यो साँच्ची राष्ट्रपतीय भूूमिकामा रहेको तथ्य प्रमाणित भएको छ । आज हामी गणतन्त्र र सङ्घीय व्यवस्थामा छौँ । सात प्रदेशमा प्रदेश सरकार, स्थानीय तहमा स्थानीय सरकार तथा केन्द्रमा सङ्घीय सरकारका रूपमा विभाजन भएका छौँ । सङ्घले कानुुन बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउन सकेको छैन । अधिकार दिएर र कानुुन निर्माण गरेर प्रदेशलाई सबल बनाउनुपर्नेमा त्यसो हुन सकेको छैन । कानुुन निर्माण गरेर प्रदेशलाई अधिकार सम्पन्न बनाउन नसक्नुुमा सङ्घीय सरकारकै कमजोरी देखिएको छ ।
प्रत्येक प्रधानमन्त्रीसमक्ष मुुख्यमन्त्रीहरूले काम गर्न नसकेको र कानुुन नभएको गुनासो राखिरहेकै हुन्छन् । सङ्घ भने अघाएको सिँहजस्तै सुुतिरहेको हुन्छ किन ? प्रदेशलाई कानुुन निर्माण गरेर किन दिन सक्दैन । यस चिन्तालाई राष्ट्रपतिले दलहरूसित आग्रह गरे । जनतामा पलाएको असन्तुुष्टिलाई सम्बोधन गर्न उनले सुुझाव दिए । उनले भने जनता पछि फर्कन चाहेका छैनन् । ठुूलो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्रलाई फाल्न नेपालीले चाहेका पनि छैनन् तर जनताका चाहना र इच्छालाई सम्बोधन हुनेगरी कानुुन निर्माण गरेर प्रदेशलाई दिनसमेत आग्रह गरे उनले सरकारलाई ।
राष्ट्रपतिका यी अभिव्यक्ति स्वार्थपूूर्ण थिएनन् । दलीय पनि थिएनन् । उनले एउटा अभिभावकका नाताले भनेका थिए । उनको भूूमिका त्यो दिन वास्तवमा अभिभावकीय नै थियो । त्रिभुुवन विश्वविद्यालयको उपकुुलपतिको नियुुक्तिलाई लिएर पनि केही कुरा राखे । त्यो पनि उनको नेपालको शिक्षाप्रति देखिएको चिन्ता र चासोको विषय थियो । महिनौँसम्म पनि विश्वविद्यालयको उपकुलपति नियुुक्त गर्न नसक्नुु पक्कै पनि लाजको विषय हुनसक्ने आधार हो । राष्ट्रपतिले देखाएको चासोमा दलहरू लाग्ने हो भने नेपालमा गणतन्त्रको भविष्य पक्कै पनि सबल रूपमा गतिशील मानिनेछ ।
राजनीतिलाई सदा आफ्नो र आफन्तको मान्ने नेताप्रति राष्ट्रपतिको अभिव्यक्ति गतिलो झापड थियो । राजनीतिमा मानिस सधैँ अब्बल हुन सक्दैन । राजनीतिमा उदाएका व्यक्तिहरूका लागि केही समयमात्र गतिशील हुने गर्दछ । सधैँ आफूू नै राजनीतिको अग्रपङ्क्तिमा रहन खोज्नुुलाई सत्तालिप्सा भनेर सम्बोधन गरिएको हुन्छ । त्यो राजनीति होइन । राष्ट्रपतिबाट सम्बोधन भएको विषयलाई दलहरूले सचेत र समझदारीपूूर्वक समाधान गर्ने विश्वासमा नेपाली जनता छन् । यो एक अभिभावकीय दृष्टि हो । नेपाली काङ्ग्रेसबाट राष्ट्रपतिमा चुुनिएका व्यक्ति रामचन्द्र पौडेलको अभिव्यक्तिमात्र पनि होइन ।
सचेत बनौँ
राजनीति सचेत वर्गको पहिचान हो । राजनीति गर्ने व्यक्ति सचेत र देशप्रति पूूर्णजिम्मेवार हुनुु आवश्यक मानिन्छ । यदि राजनीतिलाई व्यक्तिगत स्वार्थका रूपमा प्रयोग गरियो भने राजनीति नभई लाजनीति हुने गर्दछ । नेपालको राजनीति गणतन्त्रपछि लाजनीतिमा प्रतिष्ठापित भएको नेपालीले महसुुस गरेका छन् । देशको युुवाशक्ति बाहिर छ । वर्षेनी सातलाख हाराहारीमा नेपाली बाहिरिएको छ । नेपालीले आफ्नो देशमा आफूलाई सुुरक्षित देख्न सकेको छैन ।
युुवायुुवती र शिक्षित व्यक्तिले देशमा भविष्य खोज्न सकेका छैनन् । गणतन्त्र आएपछि विकास नभएको पनि होइन । केही कुरामा हामी सक्षम भएका छौँ । देशमा उत्पादन गरिएका वस्तुुले हाम्रो आवश्यकतालाई पूूर्ति गरेका पनि छन् । सडक सञ्जालमा नेपाल गाउँगाउँ ढाकिएको छ । सञ्चार, शिक्षा र स्वास्थ्यमा हामी सक्षम भएका छौँ । यी क्षेत्रमा केही कसर बाँकी छन् तिनलाई चिर्न नेपालको राजनीति सक्षम छ ।
रसिया र युुक्रेन नेपालीका लागि श्रमगन्तव्य पक्कै पनि होइन । किन नेपाली मारिन गए ती देशमा यसको जवाफ आज नेपालीले माग्दै छन् । विदेशी भूूमिमा बाध्य भएर जानुुपर्ने वातावरण कसले निर्माण गरिदियो यसको उत्तर नेपाली जनतालाई दिनुु आवश्यक छ ।
नेपाली नागरिकमा उठेका विरोधका स्वरलाई राजनीतिले सम्बोधन गर्नु अनिवार्य मानिन्छ । असन्तोष चुलिन्छ र थचारिन्छ पनि । असन्तोषलाई सम्बोधन गर्ने इच्छाशक्ति राजनीतिक दलमा हुनुु अनिवार्य मानिन्छ । यदि असन्तोषलाई सम्बोधन गरिएन भने देशको राजनीतिले पनि कोल्टे फेर्न सक्ने अवस्था विद्यमान् रहेको छ । रसिया र युुक्रेनी सेनामा भर्ती भएर युुद्धमा मारिएका नेपाली युुवाको शव झिकाउन राज्यले सकेको छैन । युुद्धग्रस्त क्षेत्रमा नेपाली तरुण भर्ती हुन किन गए यसको जवाफ देशका नेताले दिनुुपर्ने हुन्छ ।
रसिया र युुक्रेन नेपालीका लागि श्रमगन्तव्य पक्कै पनि होइन । किन नेपाली मारिन गए ती देशमा यसको जवाफ आज नेपालीले माग्दै छन् । विदेशी भूूमिमा बाध्य भएर जानुुपर्ने वातावरण कसले निर्माण गरिदियो यसको उत्तर नेपाली जनतालाई दिनुु आवश्यक छ । यदि त्यसो गर्न सकिएन भने गणतन्त्रमात्र होइन कुनै तन्त्रले नेपाल र नेपालीको भविष्यलाई सुुधार्न सक्ने अवस्था आउँदैन ।
सत्तासुुख सबैभन्दा गतिलो सुुख मानिएको छ । यो सुखमा मानिसले आफू र आफन्तबाहेक कसैलाई पनि दैख्दैन । यो सुुखमा रमेर हस्तिनापुरका शासक धृतराष्ट्र र दुुर्योधनको पतन भयो । हाम्रा पौराणिक ग्रन्थहरूले शासनलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेमा आफूू र आफूूले भोगेको सत्ताबाट हात धुुनुुपर्ने अवस्थालाई बाहिर ल्याएका छन् । अयोध्यामा रामराज्य र हस्तिनापुरमा युधिष्ठिरको राज्य सञ्चालन प्रक्रियालाई हाम्रा ग्रन्थहरूले गतिलो तरिकाले स्वीकारेका राज्यव्यवस्था हुुन् । तिनको व्यवस्थापकीय पक्ष बलबान् होइन ।
उनीहरूले कहिले पनि व्यक्तिगत स्वार्थ र चाहनालाई राजनीतिमा उतारेनन् । उनीहरूका अघि राज्य, जनता र देशको हितमात्र थियो ।
तिनीहरूको राज्य हाम्रा प्राचीन ग्रन्थमा उदाहरणका रूपमा प्रस्तुुत भए । हामी त्यो युुगमा फर्कन सक्दैनौँ । रामराज्य र युुधिष्ठिरको राज्यजस्तो व्यवस्थित तरिकाले चलाउन पनि सक्दैनौँ । हामी स्वार्थ र आफन्तले घेरिएका छौँ । आफन्त र आफूलाई हामीले छोड्न पनि सक्दैनौँ । ती राज्यको सञ्चालन प्रक्रियालाई हामीले किम्बदन्ती मानौँला । सत्य के हो भने ती राज्यमा परिवारवाद थिएन । आफन्त थिए तर शासन व्यवस्थामा आफन्तलाई ठाउँ थिएन । कर्म र राम्रो कामलाई ठाउँ थियो । राजनीति पारिवारिक हुनुु हुुँदैन । राजनीति विचार हो । विचारले राजनीतिलाई बोकेको हुुुनुु्पर्दछ । विचारको खडेरी राजनीतिमा पर्यो भने हाम्रोे देशको जस्तो राजनीति हुन जान्छ ।
विचारलाई ठाउँ दिएर राजनीति गर्नु आवश्यक छ । हाम्रो देशको राजनीतिमा विचारले ठाउँ पाएन । वैचारिक रूपमा सङ्गठन गरिएन । नितान्त स्वार्थ प्रेरित भएर राजनीति गरियो । स्वार्थले कहिले पनि जनता भन्दैन । स्वार्थले पूूर्णरूपमा आफू र आफन्तको मात्र भरणपोषण गरेको हुन्छ । त्यसैले माघ एक गते मकर सक्रान्तिका दिन राष्ट्रपतिले अभिभावकीय भूूमिकामा भनेका कुरालाई मनन गरेर देशलाई अग्रगामी रूपमा अघि बढाउन सक्नुपर्दछ । यही आज देखिएको असन्तुुष्टिको समाधान पनि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच