हमासले इजरायली सैनिकको टाउको लिलामीमा राखेको आरोप

Israeli soldiers are seen during a ground operation in the Gaza Strip, Wednesday, Nov. 22, 2023. (AP Photo/Victor R. Caivano)

हिमालय टाइम्स
Read Time = 2 mins

तेल अहिव । इजरायल र हमास युद्धमा हालसम्म हजारौंले ज्यान गुमाएका छन् । इजरायलले हमासका ‘आतंककारी’हरूलाई नसिध्याएसम्म आफ्नो काम नरोक्ने वाचा गरेको छ।

यसैबीच इजरायली सैनिकका बाबुको एउटा भयंकर पीडा बाहिर आएको छ । एक हमास लडाकुले उनको छोराको टाउको काटेर लिलामी गरेको बाबुले आरोप लगाएका छन् ।

डेभिड तहर नामका यी व्यक्तिले च्यानल १४ लाई दिएको अन्तर्वार्तामा छोरा सीपीएल अदिर तहरको मृत्यु भएको खुलासा गरेका छन् । डेभिडले अक्टोबर ७ मा गाजा सिमानामा रहेको इजरायली सैन्य चौकीमा तैनाथ गरिएको बताए । हमास लडाकुहरूले पोस्टमा आक्रमण गरी अदीरलाई मारेका थिए। यसपछि हमासका लडाकुहरूले आदिरको टाउको काटेर १० हजार डलरमा लिलामी गर्ने घोषणा गरेका थिए ।

डेभिडले दुई महिनासम्म अदिरको शरिर घर–घरमा खोजे पनि कुनै जानकारी पाउन नसकेको बताएको तर डिसेम्बरमा इजरायली गुप्तचर विभागले आफ्नो छोराको शिर फेला पारेको थाहा पाए । आतंककारीहरूले यसलाई फ्रीजरमा राखेका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?