काठमाडौं । बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार रहेका २ जना अभियुक्त वारदात घटना पश्चात १५ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रे रोशि गाउँपालिका-३ ठेगाना भएका ४४ वर्षीय टंक बहादुर मगर र सोही ठाउँ बस्ने ४२ वर्षीय सन्त बहादुर मगर रहेका छन् ।
काभ्रे रोशि गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज नाता पर्ने टंक बहादुर मगर र सन्त बहादुर मगरले २०६५ असोज २९ गते बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पुस २४ गते पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच