संघीयताको प्रमुख सार प्रदेश : प्रदेश सभामुख घर्ती

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संघीयताको सार नै प्रदेश संरचना रहेको बताउनु भयो ।

संघीय सरकार र स्थानीय सरकार यो वा त्यो नाममा संरचना रहेको बताउँदै उहाँले प्रदेश सँरचना नयाँ रहेको घर्तीले ऎन कानुन निर्माण गर्दा प्रदेश र स्थानिय तह ब?च समन्वय आवश्यक रहेको बताउनु भयो। कानुन निर्माणमा समन्वयका अभावमा ऎन बाझिने र कार्यान्वयनमा समेत कठिनाई हुने हुँदा आपसी समन्वय आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेश सचिवालयको आयोजनामा आज पश्चिम नवलपरासीका स्थानिय तहसँगको अन्तरक्रिया कार्यक्रम पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले स्थानिय तह र प्रदेश सरकार नेपालका लागि नयाँ अभ्यास भएकाले संघीयताको मुल जग नै प्रदेश सरकार भएको धारणा ब्यक्त गर्नु भयो ।

थुप्रै ऎन र नियमावली निर्माणको चरणमा रहेकाले बिकेन्द्रीकरणको नीति अनुरुप संघीय संरचना अघि बढाईनु पर्ने बताउनु भयो । प्रदेश सरकारले अहिले प्रहरी ऎन सँगै ७६ वटा ऎन बनाएर कार्यान्वयनमा रहेको उहाँले उल्लेख गर्नु भयो ।ू कतिपय स्थानिय तह र प्रदेशले बनाएको ऎन बाझिएको छ यो नहोस् भन्नका लागि नै सबै स्थानिय तह साग अन्तरक्रिया गरिएको होू घर्तीले भन्नुभयो ।

उहाँले आवश्यकता आधारमा भन्दा पहुँच र प्रभावका अधारमा बजेट निर्माण गर्नु लोकतन्तको उदेश्य विपरित रहेको उल्लेख गर्नु भयो । प्रदेश सरकारलाई संघ सरकारले अधिकार सम्पन्न बनाउन प्रयत्न गर्नु पर्ने सभामुख घर्तीको धारणा रहेको थियो ।

लुम्बिनी प्रदेशले अबको केहि समयमा नै प्रहरी ऎन र निजामती ऎन अब छिट्टै आउने जानकारी दिदै उहाँले स्थानीय तह निजामती ऎन अवको हिउँदे अधिबेशनको पहिलो बैठकमा पेस गर्ने गरि प्रदेशको तयारी रहेको बताउनु भयो । कानुन मन्त्रालयले तयार पारेको बताउदै उहाले अबको केहि दिनमा नै निजामती ऎन पास गरिने बताउनु भयो । स्थानीय निजामती ऎन पास भएपछी स्थानीय तह थप बलियो हुने घर्तीको भनाइ छ ।

संबिधानले जिल्ला चिन्दैन तर यहाँ प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई आदेश दिनु पर्ने अवस्था रहेको बताउँदै उहाँले प्रमुख जिल्ला अधिकारीलाई प्रहरीलाई चलाउन दिने कुरा संविधान बिपरित रहेको छ ।

बजेटको सिलिङ्ग अनुसार १० लाखसम्म स्थानीय, १० लाख देखि १ करोडसम्म प्रदेश र १ करोड भन्दा माथिको संघीय सरकारले बजेट छुट्याउदा राम्रो हुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?