राजविराज । जनमत पार्टीका अध्यक्ष एवं चन्द्रकान्त (सीके) राउतले मुख्य चार पार्टीका चार शीर्ष नेताले देशलाई बन्धक बनाएको आरोप लगाउनु भएको छ ।
शनिबार बिहान सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गरी डा.राउतले देशलाई पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली र माधव नेपालले बन्धक बनाएको आरोप लगाउनु भएको हो ।
डा. राउतलले सिन्डिकेटबाट देशलाई मुक्त गर्न तथा शासन व्यवस्थामा सुधार ल्याउन आन्दोलनको विकल्प देशलाई नरहेको उल्लेख गर्नु भयाे ।
अदालतदेखि अख्तियार लगायतका संवैधानिक निकाय पनि त्यही चार नेताको सेरोफेरोअनुसार चल्ने गरेको राउतको कथन रहेको छ ।
डा. राउतले चार नेताको प्रतिगामी एकल आयोजना तहमा मात्र महत्वपूर्ण निर्णयहरू हुने भएकोले परिवर्तन विरोधीहरूले चलखेल गर्ने मौका पाएको र यी नै नेताहरूको सिन्डिकेटबाट देशलाई मुक्त गर्न तथा शासन व्यवस्थामा सुधार ल्याउन आन्दोलनको विकल्प नरहेको उहाँको भनाइ छ ।
अहिलेको संसदीय व्यवस्थाबाट जनअपेक्षा अनुसार काम हुन नसक्ने दावी गर्दै उहाँले चारदलीय सिन्डिकेटलाई तोड्न र मधेशी, आदिवासी माथि हुने विभेद, भेदभाव र अन्याय विरुद्ध सडकमा आन्दोलन गर्नुपर्ने अवस्था आइसकेको बताउनुभएको छ ।
डा. राउतले अहिलेको सत्ताधारी पहाडी शासक पहिलेको भन्दा क्रूर र प्रतिगामी भएको टिप्पणी गर्नु भयाे ।
संसद् तथा मन्त्रिपरिषद्मा उनीहरूकै निर्णयमा हरेक काम हुने गरेको तथा अरुकाे कुरा पनि नचल्ने गरेको उल्लेख गर्दै आफूहरू संसद्मा चाहेर पनि कुनै काम गर्न नसकिरहेको स्वीकार गर्नु भयाे ।
डा. राउतले राष्ट्रपति र प्रधानमन्त्री तथा केही संवैधानिक आयोगका प्रमुखहरू प्रत्यक्ष निर्वाचित हुनुपर्नेमा जोड दिनुभो ।
“प्रधान न्यायाधीश, निर्वाचन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायका प्रमुखको नियुक्ति राजनीतिक नभई जनताको मतले खुला प्रतिस्पर्धाबाट हुनुपर्छ, उहाँले यस्ता प्रमुखलाई तानाशाही हुन नदिन जनताकै मत संकलन गरि पदबाट हटाउन सक्ने प्रावधान ल्याउनु जरुरी रहेको बताृनु भएको छ ।"
“अहिलेको सत्ताधारी शासक पहिले भन्दा बढी प्रतिगामी छन्, अधिकार दिन चाहिरहेको छैनन्,’ उहाँले भननुभो, ‘आन्दोलनको लागि सबैलाई तयार रहनु आवश्यक छ, आन्दोलन गर्नैपर्छ ।”
कृषि विश्वविद्यालयको शिलान्यास जनताले अस्वीकार गरिसकेको राजनीतिक दलको अध्यक्षबाट गर्न खोजेको भन्दै डा. राउतले असन्तुष्टि व्यक्त गर्नुभो ।
जिल्लाको सुरक्षा व्यवस्थालाई दुरुस्त राख्ने कार्य वर्तमान सिडिओको दायित्व हुन्छ, सरुवा भएकोलाई त्यसो भन्न मिल्दैन, आफूलाई प्रमुख अतिथि नबनाएको कुरा घुमाउरो भाषामा असन्तुष्टि जनाउँदै डा. राउतले कृषि विश्व विद्यालयको शिलान्यास वर्तमान प्रतिनिधिसभा सदस्यबाट हुनुपर्नेमा कुनै राजनीतिक दलको अध्यक्षबाट गरिनु न्यायपूर्ण नहुने तर्क गर्नुभयाे ।
डा.राउतले आफूहरू सत्ता गठबन्धनमा रहेपनि मधेश र मधेसीको अधिकारका लागि संघर्ष जारी राखेको बताउनु भयाे ।
“हामी सरकारमा रहेरपनि गलत कदममा साथ दिइरहेको छैन्, हामीले उपराष्ट्रपतिमा पनि उम्मेदवार उठाएको थियौँ, राष्ट्रिय सभामा पनि उम्मेदवार उठाएका छौँ’, उहाँले भन्नुभयाे, ‘हामीलाई सरकारबाट निकाल दिन्छ भने डर छैन्, तर त्यहाँ बसे सम्म जनताको बढी भन्दा बढी काम गर्ने प्रयासमा छौँ ।”
उहाँले अहिलेको अवस्थामा जनमत सरकारमै बस्ने तथा आफै नबाहिरिने बताउनु भएको छ ।
सरकारमा रहनु पनि आफ्नो अधिकार रहेको बताउँदै उहाँले यद्यपि सरकारमा बस्नै पर्ने सोच आफ्नो पार्टीको नरहेको स्पष्ट पार्नुभयो ।
बजेट मधेस विरुद्ध भएकोले विपक्षमा मतदान गरेको, प्रतिनिधिसभा निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा छुट्टै उम्मेदवार खडा गरेको, अहिले राष्ट्रिय सभाको निर्वाचनमा समेत उम्मेदवार उठाएको बताउँदै डा. राउतले मधेश र मधेशी जनताको हक अधिकारको लागि लड्दा सरकारबाट निकालिदिन्छन् भने डर नभएको स्पष्ट पार्नुभयो ।
निजी लगानी कर्ताबाट भएपनि सप्तरीमा उद्योग सञ्चालन गरि रोजगार सिर्जना गर्ने सोचमा आफू रहेको बताउँदै डा. राउतले उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन हुने भाष्यमा सकारात्मक समाचारलाई प्राथमिकता दिई सहयोग गर्न पत्रकारहरूलाई आग्रह गर्नुभोे ।
पत्रकार सम्मेलनमा मधेश प्रदेशका शिक्षा मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ( क) बाट निर्वाचित प्रदेश सभा सदस्य सतिश कुमार सिंह र २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादव, समेतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच