
काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज प्राण प्रतिष्ठा भएको छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइ त्यसको प्राण प्रतिष्ठा गरिएकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निराहार व्रत बसेर मन्दिरको प्राण प्रतिष्ठा गर्नुभएको थियो । र त्यसपछि मूर्तिको विधी पूरा गरिएको थियो । वर्षौंदेखिको प्रतिक्षाको पनि अन्त्य भएको छ ।
नेपाल, भारतसहित विभिन्न देशका सन्तमहन्त तथा वैदिक विज्ञहरू भेला भएको सो समारोहमा सुन र फूलले सजिएको ५१ इन्चको रामललाको मूर्तिको पहिलो तस्बिर सार्वजनिक गरिएको छ । तस्बिरमा रामललाको शिरमा सुनको मुकुट र घाँटीमा हिरा(मोतीको हार छ। यसबाहेक कानमा झुम्का लगाइन्छ। हातमा सुनको धनुष र बाण छ ।
यस अवसरमा भारतको केन्द्र सरकारले देशभर नै आधा दिनको छुट्टी दिने घोषणा गरेको छ ।
सन् २०१९ मा भारतको सर्वोच्च अदालतले राम मन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि मन्दिर बनाइएको हो । अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो । मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ ।
सन् २०१९ मा भारतको सर्वोच्च अदालतले राम मन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि सो मन्दिर बनाइएको हो । सन् २०२४ मा लोकसभा निर्वाचनअघि हुन लागेको राम मन्दिरको उद्घाटनले भारतीय जनता पार्टीको चुनाव नतिजालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
कुनै समय विवादास्पद थियो यो भूमि
अयोध्याको जुन स्थानमा अहिले राम मन्दिर बनिरहेको छ, उक्त स्थान लामो समय विवादमा थियो । उक्त स्थानलाई हिन्दू र मुस्लिम दुवै धर्माबलम्विहरूले आ(आफ्नो पवित्रस्थल भएको दाबी गर्दै आएका थिए । सन् १९९२ मा त्यहाँ रहेको बाबरी मस्जिद हिन्दूहरूले भत्काइदिएपछि दंगा भड्किएको थियो । त्यसपछि हिन्दू र मुस्लिमबीच पहिला इलाहाबाद उच्च अदालत र पछि सर्वोच्च अदालतमा लामो कानुनी लडाइँ चलेको थियो । भारतको सर्वोच्च अदालतले २०१९ को नोभेम्बरमा ऐतिहासिक फैसला सुनाउँदै अयोध्याको विवादित भूमिमा मन्दिर बनाइनेछ । साथै, अदालतले केन्द्र सरकारलाई नयाँ मस्जिद निर्माणका लागि सुन्नी वक्फ बोर्डलाई पाँच एकड वैकल्पिक जग्गा उपलब्ध गराउन निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतको फैसलाप्रति मुस्लिम समुदायले असन्तुष्टि जनाउँदै त्यसलाई स्वीकारेका थिए । त्यसपछि भारतका प्रधानमन्त्री मोदीले ५ अगष्ट २०२० मा अयोध्यामा राम मन्दिरको शिलान्यास गर्नुभएको थियो जसको आज प्राण प्रतिष्ठा गरिएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच