कोशीमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति भएको छ ।

सोमबारको छलफलपछि दुई दल तालमेल गर्न सहमत भएका हुन् ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । दुई सिटमध्ये एक सिटमा एमालेले राप्रपालाई र अर्को सिटमा राप्रपाले एमालेलाई सघाउने गरी सहमति भएको हो ।

तालमेलको सहमति अनुसार राप्रपाले उठाएको अन्यतर्फका उम्मेदवार उद्धव पौडेललाई एमालेले सघाउने र राप्रपाले एमालेकी रुक्मिणी कोइरालालाई सघाउने सहमति भएको हो ।

यता सत्ता गठबन्धनका तर्फबाट कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रबाट चम्पा कार्की उम्मेदवार हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?