
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षको उमेरमा मंगलबार बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ । प्रजातन्त्र सेनानी स्वर्गीय गोवद्र्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उहाँ २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बन्नुभएको थियो ।
गोवद्र्धन शर्माको सर्वस्व हरणपछि उहाँलाई ०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाएर पोखरा हिरासतमा लगिएको थियो । गोवद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक द्रौपदाका चार छोरा रामचन्द्र, कृष्णचन्द्र, डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीद्वय प्रियंबदा र सत्यवती हुनुहुन्छ । उहाँको मंगलबार नै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच